ताजा खबर

फेसबुक करोडौंका डाटा दुरुपयोग, जुकरवर्ग ठूलो कानूनी संकटमा

SITENAME

बीबीसी । अहिले चलिरहेको फेसबुकविरुद्धको अनुसन्धानमा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गलाई व्यक्तिगत रुपमा उपस्थित हुन दबाब आइरहेको बताइएको छ । 
अमेरिकी राष्ट्रपति चुनावका समयमा ट्रम्पको सहयोगका लागि निर्मित ‘क्याम्ब्रिज एनालिटिका’ नामक डाटा फर्मले फेसबुक प्रयोगकर्ताका प्रोफाइल अवैधानिक रुपमा हासिल गरी चुनावमा हस्तक्षेप गरेको आरोप लागेपछि फेसबुकले ठूलो कानूनी संकटको सामना गर्नु परिरहेको छ ।
यसबारे शुक्रबार नै फेसबुकले क्याम्ब्रिज एनालिटिकलाई ब्लक गरिसकेको बताएको छ । तर फेसबुकले दाबी गरेपनि लन्डनस्थिति सो डाटा फर्मले फेसबुकको नीतिलाई उल्लंघन गर्दै हासिल गरेका डाटाहरु अझै डिलेट नगरेको पत्ता लागेको छ । अर्कोतर्फ फेसबुक र एनालिटिक दुवैले भने आफूमाथिका सबै आरोप गलत रहेको ठहर गर्दै आएका छन् ।

यी सबै अवस्थाबारे जानकार रहेका जुकरवर्गले यसअघि नै आगामी दिनहरुमा यस्तो हुन नदिन यसवर्ष फेसबुकमा ठूलो सुधार ल्याउने वचन दिएका थिए । तरपनि यस मुद्दाले ठूलो रुप लिँदै जाँदा जुकरवर्ग अहिले भने यसबाट टाढै रहने कोशिश गरिरहेको बताइएको छ । यसबारे भइरहेको अनुसन्धान र कानूनी प्रक्रियामा उनले आफ्ना वकिल लगायत अन्य अधिकारीलाई मात्र पठाउने गरेका छन् । 

यसका साथै उनले अहिलेसम्म यस सम्बन्धि कुनै आधिकारिक बयान पनि दिएका छैनन् र फेसबुक सबै किसिमका प्रयोगकर्ताका लागि अत्यन्तै सुरक्षित रहेको उनको भनाइ छ । 

तर यसरी फेसबुकका डाटा लगायत जानकारीहरु अत्यन्तै संवेदनशील तरिकामा राजनीतिक प्रचारका लागि दुरुपयोग भएको अनुसन्धानले देखाएपछि भने जुकरवर्गलाई यस मुद्दामा आफैँ अघि आएर स्पष्टिकरण दिन कानूनी निकायले आग्रह गरेको छ । 

२०१६ को यस घटनाले असामान्य क्षति गरको हुन सक्ने भएकाले पनि यसबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न जरुरी रहेको खुफिया समितिका उच्च अधिकारीको भनाइ छ । साभार १२खरी

प्रतिकृया दिनुहोस
SITENAME

गौरमा सिसिटिभी क्यामेरा जडान, प्रहरी महानिरिक्षक बाट उदघाटन

रौतहट २० पौष । रौतहटको गौरमा वायरलेस सीसीटिभी क्यामेरा जडान गरिएको छ । सो वायरलेस सिसिटिभी अनुगमन तथा परिचालन कक्षको आज नेपाल प्रहरीका महानिरीक्षक

SITENAME

सुसस्कृत समाज निमार्ण गर्नु पर्ने जनप्रतिनिधिनै जुवाखेल्दै

रौतहट २४ कार्तिक । तिहार पर्बमा रमाईलो गर्ने भन्दै रौतहटको एक स्थानीय तहका जनप्रतिनिधि आफै अबैध कार्यमा लागेको पाइएको छ । रौतहटको माधबनारायण

SITENAME

सार्बजनिक सुनवाई कार्यक्रम सम्पन्न

रौतहट २२ जेष्ठ । गरिबी निबारण कार्यक्रम अन्तर्गत सामुदायिक संस्थाहरुको सार्बजनिक सुनवाई कार्यक्रम रौतहटमा सम्पन्न भएको छ । जनकल्याण बिकास केन्द्र