ताजा खबर

शिब परियार गाउने दर्शक नाच्ने

SITENAME

रौतहट,७ चैत्र । चन्द्रनिगाहपुर महोत्सवमा चर्चित गायक शिव परियारको ‘पिउदिन भन्दा भन्दै पिलायो साथिले’ भन्ने गितको जब धुन बज्न थाल्यो अब दर्शकहरुको ताली गडगडायो र दर्शकहरु तछाड मछाड गरेर नाच्न थाले । यो दृश्य हो बिहीबार चन्द्रनिगाहपुर महोत्सवमा मनोरंजन दिन आएका गायक र चन्द्रपुरबासीको हो । सबैको लोकप्रिय गायक शिव परियार आउने भएपछि अन्य दिनको तुलनामा ठुलो संख्यामा दर्शकहरुको पनि सहभागिता रहको थियो । उनले गाएको हरेक गितहरुमा चन्द्रपुरबासीहरु मन फुकाएर नाचेर आनन्द लिएका थिए । गायक परियारले ‘बेहोस पछि होसमा आउदा क्या दामी भो ......,हल्लै हल्लामा माया बस्यो.....,पाकेर खाएको फल मिठो ......... लगायतका दर्जन भन्दा बढी गित गाएका थिए । यसैगरी अर्का कलाकार दिनेश काफलेले पनि बिभिन्न कलाकारहरुको भाषा लिकालेर कलाकारिता गरेर दर्शकहरुलाइ पेट मिचि मिची हसाएका थिए । गत फागुण २८ गते देखी शुरु भएको चन्द्रनिगाहपुर महोत्सव आज बिहीबार सकिने भएपनि दर्शकहरुको आगमन बढेको कारण ४ दिन थपेको आयोजक चन्द्रनिगाहपुर सिटी जेसिसका अध्यक्ष अन्नत अधिकारीले जानकारी दिएका छन । मेलाका २ सय भन्दा बढी स्टल राखिएको छ । कला संस्कृतीको बिकाश र स्थानिय उत्पादनको प्रचार प्रसार गर्ने उदेश्यले मेला आयोजना गरेको अध्यक्ष अधिकारीले जानकारी दिएका छन । बिगतको दिनहरु भन्दा हिजो आज बढी दर्शक बढन थालेपछि ४ दिन थपेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
SITENAME

बुगी उगी डान्सको टप थ्रिमा परेकी कबिताले भनिन मलाई मत दिएर जिताईदिनुस

रौतहट ९ स्राबण । बुगी उगी डान्स प्रतियोगिताको टप थ्रि भित्र पर्न सफल सर्लाहीको चेली कबिता परियारले आज चन्द्रनिगाहपुरमा आफनो नृत्यु प्रस्तुत गरिन ।

SITENAME

फिल्म आर पारको शुभ मुहुर्त

राही चन्चल रौतहट ९ साउन । समाजमा रहेको विकृतिलाई न्युनिकरण गर्ने उदेश्यले भोजपुरी भाषामा फिल्म आर पार बन्ने भएको छ । नेपाल पत्रकार महासंघ रौतहट, गौरको

SITENAME

आफैले बनाएको बस्तिका बालबालिका संग मनाईन सुन्तलीले जन्मदिन

रौतहट १६ जेष्ठ । रौतहटको चन्द्रपुर–८ सन्तपुरमा कलाकार कुञ्जना घिमिरे ( सुन्तली ) ले जन्मदिन मनाइएकी छिन । आफ्नो नेतृत्वमा निर्माण गरेको एकिकृत नमुना