ताजा खबर

एन्फा चुनाव भाँड्न गणेश थापा समूह सक्रिय रहेको कर्मा समूहको आरोप

SITENAME

काठमाडौं ११ चैत्र । अखिल नेपाल फुटबल संघ एन्फाको चैत्र १४ गते हुने निर्वाचनको पूर्व सन्ध्यामा एन्फाको निर्वाचन केहि अन्यौलमा परेको छ । एन्फाको नेतृत्वका लागि परिवर्तन पक्षधरहरुको तर्फबाट ए डिभिजन क्लव हिमालयन शेर्पा क्लवका अध्यक्ष समेत रहेका एन्फाका पूर्व उपाध्यक्ष कर्मा छिरिङ्ग शेर्पा र एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर मैदानमा छन् । 

परिवर्तन पक्षधरहरुलाई विजयी गराउन एन्फाका ३ उपाध्यक्ष पूर्व सिइओ तथा सहायक सिइओ सहित अधिकांश प्रशिक्षक, रेफ्री सहित पूर्व राष्ट्रिय क्याप्टेनहरु उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, हरी खड्का, राकेश श्रेष्ठ सहितका खेलाडी एन्फाका मानार्थ अध्यक्ष टासी घले, नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरक्षक एवम् राष्ट्रिय खेलाडी विज्ञानराज शर्मा खुलेर नै मैदानमा आएका छन् । मणि कुँवरका पक्षमा पूर्व अध्यक्ष फिफाबाट भ्रष्टाचारको मुद्धामा १० वर्ष प्रतिवन्धमा परेका गणेश थापा मैदानमा देखिएका छन् । 

एन्फा निर्वाचनको अन्यौल र गणेश थापाको भूमिका
१, एन्फा निर्वाचनको लागि कर्मा छिरिङ्ग शेर्पा नयाँ पात्र होइनन्, गणेश थापाको निलम्वन भएसंगै १ वर्षे कार्यकालको लागि भएको निर्वाचनमा झिनोमतले नरेन्द्र श्रेष्ठसंग पराजित भएका थिए । फुटबल शुद्धिकरण अभियान र सेभ नेपाली फुटबलको अभियान सञ्चालन गर्दै एन्फा भित्र भएको करौडौं भ्रष्टाचारको विषय उठान गर्दै  फिफा, एएफसी, अख्तियारदेखी, सम्पसत्त शुद्धिकरण आयोग , संसदको सार्वजनिक लेखा समितिसम्म शेर्पाका परिवर्तन पक्षधरहरु लागि परे । राज्यको कानुनले पूर्व अध्यक्षलाई छुन सकेन भने फुटबलको सर्वोच्च निकाय फिफाले पूर्व अध्यक्षलाई भ्रष्टाचार प्रमाणित गरी कारबाही गर्यो। 

यो लामो प्रसंगमा पूर्व अध्यक्ष थापाले एउटै अडान लिएका छन्, फुटबल म बाहेक कसैले चलाउनै सक्दैन । म विना नेपाली फुटबल सम्भव छैन । एन्फा निर्वाचनको पूर्व सन्ध्यामा भएका घटनाहरुले यो विषयलाई प्रमाणित गरिरहेको छ । 

२, फिफाले फुटबलको कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने भन्दै प्रतिवन्द्ध लगाएको व्यक्तिले सार्वजनिक समारोहमा पत्रकारहरुमा माझमा नाम किटान गरेर कर्मा शेर्पा फुटबलको अध्यक्ष हुनै हुँदैन भन्दै आफ्ना साला मणि कुँवर सबै कुराले सक्षम छन् भन्दै वकालत गर्नुलाई के भन्ने रु गणेश थापाले निर्वाचनको पूर्व सन्ध्यामा मेरो रगतमा फुटबल छ भन्दै आफु एन्फा निर्वाचनमा र फुटबलको बीचमा चुप लागेर नबस्ने बताएका थिए । उनको त्यो कथनले थापा एन्फा निर्वाचको पूर्व सन्ध्यामा भइरहेको निर्वाचन विथोल्ने प्रयासमा सक्रिय रहेको शेर्पा समुहको आरोप छ । 

३, परिवर्तन पक्षधर भनिएको शेर्पा समुहको उम्मेदवारी घोषणा कार्यक्रमलाई व्यङ्ग गदै थापाले मै संग २०–२५ वर्ष काम गरेका हरुको हैसियत मलाई थाहा  छ ।  तिनिहरुलाई जिल्लाका साथीहरुले रुचाउँदैनन् भनेका थिए । परिवर्तन पक्षधर समुहले उक्त भनाई आएको केहि दिन भित्रै जवाफ स्वरूप दोलखामा ३८ मतदाताहरुका विचमा अन्र्तक्रिया सम्पन्न गरेको शेर्पा समुहले बताएको छ। 

४, एन्फा निर्वाचनको क्रममा गणेश थापाको सक्रियता बढ्दै गएपछि फिफा तथा एएफसीमा समेत पत्राचार गरिएको थाहा पाएपछि आक्रामक बनेका थापाले जिल्लाका साथीहरुको साथ र काठमाडौंका क्लबहरुले गणेश थापा छोड्न सक्दैनन् भन्दै मोसफलका मताधिकार प्राप्त प्रतिनिधीलाई फोन सम्पर्क गरेर मत माग्न थालेपछि परिवर्तन पक्षधहरुले कास्की पोखरामा ए डिभिजनका १४ मध्ये १० क्लबहरु ९विभागीय टिम बाहेक० वि डिभिजनका ९ वटै क्ल्बहरु र सि डिभिजनका २ क्लबहरु सहित ४३ मतदाताहरुको खुल्ला समर्थनमा विजयी हुने घोषणाको तस्विरहरु सार्वजनिक गरेको शेर्पा समुह बताउँछ । 

५, महिला खेलाडी संघ रेफ्री संघ र प्रशिक्षक संघमा अधिकांश पदाधिकारी सदस्यहरु परिवर्तन पक्षधरबाट विजयी भएको अवस्थामा खेलाडी संघका निर्वाचन ७ गते तय भएको थियो ।  मणि कुँवर पक्षबाट अनिल गुरुङ्ग तथा परिवर्तन पक्षधरबाट राजेश मान्नधर ९१९९३, गोल्ड मेडलिष्ट० अध्यक्षका लागि निर्वाचनमा थिए । मतदाता नामावलीमा १३ परिवर्तन पक्षमा तथा १६ संस्थापन पक्षमा आंकलन गरिएको थियो तर निर्वाचनको परिणामा राजेश मान्नधर १६ मत सहित विजयी भए । नेपालका राष्ट्रिय टिमका चर्चित खेलाडीहरुले नै परिवर्तनको पक्षमा मतदान गरेपछि पुनःपरिवर्तन पक्षमा १ मत थपिदै ४४ मत स्पष्ट देखिन पुगेको थियो । सोहि अवस्थामा एन्फा कार्यसमितिमा महिला सदस्यमा परिवर्तन पक्षधर पेमा लामा निर्वाचित भएपछि वर्तमान एन्फा निर्वाचनको अन्यौलता बढाइएको शेर्पा समुहको आरोप छ ।

६, निर्वाचनको परिणामा परिवर्तन पक्षधरतर्फ स्पष्ट बुहमत पुग्ने भएपछि गणेश थापा, राजनैतिक दलका शिर्ष नेताहरुको घरमा पुग्न थालेको शेर्पा समुहको आरोप छ ।  उनको सक्रियता पश्चात परिवर्तन पक्षधर समुहले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री, पुष्पकमल दाहाल , गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रिय खेलकुद परिषद तथा ओलम्पिक कमिटिका प्रमुखहरु संग परामर्श गरेको थियो । उक्त सबै पक्षहरुले भ्रष्टाचार, नातावाद र कृपावादमा चलेको फुटबलको युग अन्त्य गर्न परिवर्तन पक्षधहरुलाई नैतिक समर्थन रहेको बताएको थियो । सोहि कारण पनि वर्तमान एन्फा निर्वाचनको अन्यौलता देखिन पुगेको बताईन्छ । 

७, राजनैतिक दल, प्रधानमन्त्रीसहित, मन्त्रीहरु, राखेप र ओलम्पिकको नैतिक समर्थन प्राप्तभएपश्चात परिवर्तन पक्षधरहरुको पूर्व यात्रामा ५३ मतदाताहरुको उपस्थितीमा दुई तिहाइ परिणामको घोषणा गर्ने कार्यक्रम थाहा पाएपछि एन्फा निर्वाचनलाई रोक्ने, तदर्थ समितिको गठन गराउने र हरेक पक्षबाट राजनैतिक दलका अदृष्य व्यक्तिहरुलाई अध्यक्ष बनाएर आफ्नो अभिष्ट पुरा गराउने दिशा तर्फ थापा सक्रिय भएको शेर्पा समुहको आरोप छ । 

८, विश्व फुटबलको सर्वोच्च संस्था फिफाले एन्फाको निर्वाचन पटक पटक मिति तय हुदै स्थगन हुँदै गरेपछि अन्तिम पटक भनेर चैत्र १४ लाई मान्यता दिएको थियो । तोकिएको समयमा निर्वाचन नभएमा फिफाले नेपालाई प्रतिबन्ध लगाउने सक्ने प्रशस्त आधारहरु रहेका छन । यो अवस्थामा नेपाली फुटबल खेललाई प्रतिबन्धमा किन पारिदैछ भन्ने प्रश्न शेर्पा समुहले उठाएको छ ।

पछिल्ला गतिविधीबाट पूर्व अध्यक्ष थापा आफ्नो व्यक्तिगत इविलाई साँधेर,आफ्ना गल्तीहरुलाई ढाकछोप गर्नेका लागि भविष्यमा अख्तियार, सम्पति शुद्दिकरण, खेल मिलेमतोको बाँकी रहेका छानविनहरुबाट बच्नका लागि र एन्फाबाट प्राप्त भइरहेका सेवा, सुविधालाई जोगाई राख्नका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने भएपछि नेपालका करोडौं फुटबल समर्थक र खेलकर्मीहरुले शिर उठाउने दिन कहिले आउने प्रश्न शेर्पा समुहको छ । साभार हाम्राकुरा 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल वान डे ‘डेब्यू’ खेलमा ५५ रनले पराजित

काठमाण्ठौ १७ स्राबण । अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा नेदरल्यान्ड संग नेपाल पराजित भएकोे छ । १९० रनको लक्ष्य पछ्याएको नेपाल ५५ रनले पराजित

SITENAME

राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि पौडेल बनिन मुन ड्रप्स वेभरेजको ब्राण्ड एम्बास्डर

रौतहट १५ स्राबण । मुन ड्रप्स वेभरेज कम्पनी प्राईभेट लिमिटेडले आज राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि कुमारी पौडेल लाई ब्राण्ड एम्बास्डरमा नियुक्त

SITENAME

भुटानमा हुने साफ यू–१५ महिला च्याम्पियनसिपका लागि रुौतहटका सात खेलाडी

रौतहट १५ स्राबण । राष्ट्रिय यू–१५ महिला फुटबल टिममा रौतहटका सात जना खेलाडी छनौट भएका छन । भुटानको थिम्पुमा हुने यू–१५ महिला फुटबल प्रतियोगिताको