ताजा खबर

यमन संग नेपाल २–१ ले पराजित

SITENAME

काठमाण्डौ १४ चैत्र । कतार स्पोर्टस क्लब सुहेन बिन हमाद रंगशालामा मङ्गलबार राती भएको फुटबल खेलमा नेपाल पराजित भएको छ । नेपालले २–१ ले यमन संग पराजय भोगे संगै एसियन कप छनोटको यात्रा अन्त्य गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको २४ औ मिनेटमा यमनले २४ अग्रता लिएको थियो । तर, खेलको मध्यान्ह अघिनै नेपालका लागि नवयुग श्रेष्ठको गोलले बराबरीमा रोक्न सफल भएपनि खेल सकिन ६ मिनेट बाँकी रहँदा यमनले पाएको पेनाल्टीको सदुपयोग गर्दै बिजयी भएको हो । नेपालका कप्तान विराज महर्जनले ८३ औं मिनेटमा यमनका खेलाडीलाई डि–बक्समा फल गरेपछि उस्ले पेनाल्टि पाएको थियो । छनोट चरणबाट बाहिरिसकेको नेपालले यो खेल प्रतिष्ठाको लागि मात्रै खेलेको हो भने एसियन कपमा छनोट हुन यमनले भने नेपाल लाई जीत्नै पर्ने थियो । सन् २०१९ मा युएईंमा हुने एएफसी एसियन कपको लागि यमन छनोट हुन सफल भएको छ । यमन संग यो समेत चौथौ भेटमा भने दुई खेलमा पराजित र दुई खेलमा गोल रहित बराबरी खेल्न सफल भएको थियो । गएको जेष्ठमा भएको खेल र सन् २०१७ को एसियन कप छनोटको खेलमा भने नेपालले यमनलाई गोलरहित बराबरीमा रोकेको थियो भने सन् २००० को एसिया कप छनोटमा ३–० र सन् २०१४ को मैत्रीपूर्ण खेलमा पनि नेपाल २–० ले पराजित भएको थियो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधी रौतहट लाई

रौतहट ३ स्राबण । कैलाली लाई हराउदै रौतहटले उपराष्ट्रपति कप महिला फुटबलको उपाधी जितेको छ । रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार भएको फाईनल खेलमा शुन्यका

SITENAME

पत्रकार लाई पराजय गर्दै स्वास्थ्यकर्मी बिजयी

रौतहट २ स्राबण । रौतहटको चन्द्रनिगाहपुरमा स्वास्थ्यकर्मी र पत्रकार बीच एक दिने मैत्रीपुण फुटबल खेल भएको छ । स्वर्गीय शेर बहादर दर्लामी स्मृती खेल

SITENAME

मोरङ्ग लाई पराजित गर्दै कैलाली बिजयी

रौतहट १ स्राबण । मोरङ्ग लाई चारका बिरुद्ध शुन्य गोलले पराजित गर्दै कैलाली फाईनलमा प्रबेश गरेको छ । बिहीबार रौतहट र कैलाली बिच फाईनल खेल हुने भएको छ ।