ताजा खबर

धुर्मुस सुन्तलीले अन्तराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बनाउने

SITENAME

रौतहट १५ चैत्र । नमुना बस्ति निर्माण गरेर नागरिक हिरो बनेका हास्य कलाकार सिताराम कट्टेल ( धुर्मुस ) र कुन्जना घिमिरे ( सुन्तली ) ले नेपालमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने भएका छन । भूकम्प पीडित र विपन्न परिवारका लागि चारवटा नमूना बस्ती निर्माण गरेर हस्तान्तरण गरेका उनीहरुले अब अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका हुन । हास्य कलाकार सिताराम कट्टेल ( धुर्मुस )ले आज फेसबुक मार्फत अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका हुन । अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणमा जुटेका उनीहरुले नोपलमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने योजना बनाएमुताबिक सामाजिक सञ्जाल फेसबुक मार्फत घोषणा गरेका हुन । ‘नमुना नेपाल’को परियोजनाको सर्बेको काम सकेर मास्टर प्लान, डि.पि.आर. र ई.आई.ए. को प्रक्रिया अघि बढेको अबस्थामा उनीहरुको फाउन्डेशन लाई जनस्तर बाट क्रिकेट मैदान बनाउन सुझाव आएपछि तयारी गरिएको उदघोष गरेका छन । नेपाली क्रिकेट टोलीको मनोबल बढाउने र सहयोग गर्ने दायित्व भएकाले मैले यो परियोजनाको घोषणा गरेको हुँ । हास्य कलाकार सिताराम कट्टेल ( धुर्मुस )ले भने देशको शिर उच्च बनाउने नेपालीको क्रिकेटको स्तरोन्नती गर्न सबै नेपालीले सहयोग गर्नु पर्दछ । उनको फाउण्डेसनले निर्माण सम्पन्न गरेको परियोजना लाई झै अन्तरािष्ट्रय क्रिकेट रङ्गशालाको निर्माणमा समेत सबै नेपालीको सहयोग हुने बिश्वास गरिएको छ । 

हास्य कलाकार सिताराम कट्टेलको फेसबुकवाल बाट 
कुन चाँही पहिला ?

अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण परियोजनाको सर्बेको काम सकेर मास्टर प्लान, डि.पि.आर. र ई.आई.ए. को प्रकृयामा अघि बढिरहेको बेला चौतर्फि रुपमा बिभिन्न क्षेत्रबाट नेपालमा एउटा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सो निर्माणको संयोजन पनि तपाईहरुले गरिदिनुपर्यो भनेर एकप्रकारको सुझाव अनि अनुरोध आईरहेकै थियो । हामीलाई दुबै परियोजनालाई अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने ठुलो चिन्ता थियो । सबैको ईच्छा, चाहाना मात्र नभई क्रिकेटको स्तर उन्नती अनि खेलाडिहरुको मनोबल बढाउन पनि हामी दुबै चिजलाई अगाडि बढाउने निर्णयमा पुगेका छौं । नेपालको क्रिकेटले अन्र्तराष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । र यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो । फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ । त्यहि समितिको रोहवरमा ईन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ । हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौं र हाम्रो लक्ष्य, उदेश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो । र यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो । यसमा नेपाल सरकारले गम्भिरता पूर्वक साथ, सहयोग अनि समन्वय गर्नेछ भन्नेमा हामी विश्वस्त छौं । सबै मिलेर निर्धा्रित समय भित्रै अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन हामी सक्नेछौं, विश्व चिनाउने अझै धेरै खेलाडिहरु उत्पादन गर्न सक्नेछौ, विश्वभरी नेपालको नाम चम्काउन सक्नेछौं । यसले सिंगो खेल जगतलाई मात्रै लाभ हुने होईन नेपाल लाईनै आर्थिक समृद्धि तर्फ अघि बढाउन पनि महत्वपुर्ण भुमिका खेल्नेछ । किनकी यो एउटा सुन्दर पर्यटकिय गन्तब्य पनि हुनेछ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगीता भईरहँदा विश्व भरीबाट खेलका पारखीहरु अनि खेलाडिहरु नेपाल भित्रिँदा देशलाई महत्वपुर्ण आर्थिक लाभ मात्रै नभएर देशका हरेक महत्वपुर्ण सम्पदाहरुको प्रचार पनि स्टेडियमकै माध्यमले हुनेछ र देशका हरेक क्षेत्र फष्टाउनमा अहम भुमिका खेल्नेछ । त्यसैले यो अभियानमा सबैजना एकजुट भएर लागौं । हामी नेपालीका लागि दुबै परियोजना महत्वपुर्ण छन् नमुना नेपाल अनि क्रिकेट स्टेडियम । अब भन्नुहोस कुन चाँही पहिला ?
 


 

प्रतिकृया दिनुहोस
SITENAME

तेस्रो सहिद स्मृति फुटबल प्रतियोगिता चन्द्रपुर अस्पताल बिजयी

रौतहट २७ असोज । अखिल नेपाल मजदुर संघ रौतहटद्वारा आयोजित तेस्रो शहिद स्मृति नकआउट फुटबल प्रतियोगिताको बिजयी चन्द्रपुर अस्पताल बनेको छ । जिल्ला फुटवल

SITENAME

नेपाल वान डे ‘डेब्यू’ खेलमा ५५ रनले पराजित

काठमाण्ठौ १७ स्राबण । अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा नेदरल्यान्ड संग नेपाल पराजित भएकोे छ । १९० रनको लक्ष्य पछ्याएको नेपाल ५५ रनले पराजित

SITENAME

राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि पौडेल बनिन मुन ड्रप्स वेभरेजको ब्राण्ड एम्बास्डर

रौतहट १५ स्राबण । मुन ड्रप्स वेभरेज कम्पनी प्राईभेट लिमिटेडले आज राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि कुमारी पौडेल लाई ब्राण्ड एम्बास्डरमा नियुक्त