ताजा खबर

अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि जग्गाको खोजी

SITENAME

सञ्जय कार्की 
रौतहट १७ चैत्र । नेपालमा अझै अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुन सकेको छैन तर पनि खेलाडीको आफनै कुशल क्षमताले पदक जितेको ईतिहास बनेको छ । यति मात्र हैन नेपालमा क्रिकेटको पारखी समेत बढेको अबस्था रहेको छ । यस्तै अबस्थामा बजेट बिनामै अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न हौसिएका छन हास्यकलाकार सिताराम कट्टेल ( धुर्मुुस ) । उनले योे रङ्गशाला निर्माणका लागि सफलता पाउनेमा आशाबादी भएरनै हौसिएका हुन, किन भने भुकम्प पछि पहाडी भेगको सिन्धुपाल्चोलक र काभ्रे यस्तै तराईको महोतरी र रौतहटमा चार वटा बस्तिको परियोजना सम्पन्न गरिसकेपछि उनमा अन्तराष्ट्रिय क्रिकेट बनाउने अठोट जागेको हो । उनले अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्ने उदघोष गरेसंगै सरकारी र ब्यक्तिगत तबरले सहयोग गर्नेहरुको संख्या थपिदै गएको छ । नेपालले क्रिकेटमा एक दिवसीय मान्यता प्राप्त गरेपछि नेपाली दर्शकहरुको ठुलो मागको रुपमा क्रिकेट खेलको रहेको छ । हास्यकलाकार सिताराम कट्टेल ( धुर्मुस )ले रङ्गशाला निर्माण गर्ने उदघोष गरेको दुईदिन बित्न नपाउदै अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको मैदानका लागि प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेल र धुर्मुस सुन्तली पाउण्डेसनले औपचारिक रुपमा आज “फिल्ड भिजिट” सुरु गरेका छन् । नागरिक हिरो एबम सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) तथा कुमार कट्टेल (जिग्री) सहितको टोलिले प्रदेश नंबर ३ अन्र्तगत भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा वडा नंबर ४ मा रहेको १ सय २५ रोपनी जग्गाको ३ नम्बर प्रदेशको मुख्यमंन्त्रि डोरमणी पौडेल संगै अवलोकन गरेका छन् । उक्त जग्गामा अन्तराष्ट्रिय स्तरको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि उनीहरुले “फिल्ड भिजिट” गरेको जनाइएको छ । “फिल्ड भिजिट” पछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माणको लागि हास्यकलाकार सिताराम कट्टेल  ( धुर्मुस ) को फाउण्डेसनसँग सहकार्य गर्दै रंगशाला निर्माणमा जुटने बताउनु भयो । नेपाली क्रिकेट विकासको लागि अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण भएपछि कोशेढुंगो साबित हुने बताइएको छ । 


 

प्रतिकृया दिनुहोस
SITENAME

महिला खेलाडी लाई खेल सामग्री हस्तान्तरण

रौतहट २४ चैत्र । घरकोे अन्न खाएर पनि दैनिक फुटबल खेल्दै आएका रौतहटका महिला फुटबल खेलाडी लाई आज खेलसामग्री बितरण गरिएको छ । दैनिक अभ्यास खेल खेल्दै आएका

SITENAME

धुर्मुस सुन्तलीले अन्तराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बनाउने

रौतहट १५ चैत्र । नमुना बस्ति निर्माण गरेर नागरिक हिरो बनेका हास्य कलाकार सिताराम कट्टेल ( धुर्मुस ) र कुन्जना घिमिरे ( सुन्तली ) ले नेपालमा अन्तराष्ट्रिय

SITENAME

यमन संग नेपाल २–१ ले पराजित

काठमाण्डौ १४ चैत्र । कतार स्पोर्टस क्लब सुहेन बिन हमाद रंगशालामा मङ्गलबार राती भएको फुटबल खेलमा नेपाल पराजित भएको छ । नेपालले २–१ ले यमन संग पराजय