ताजा खबर

महिला खेलाडी लाई खेल सामग्री हस्तान्तरण

SITENAME

रौतहट २४ चैत्र । घरकोे अन्न खाएर पनि दैनिक फुटबल खेल्दै आएका रौतहटका महिला फुटबल खेलाडी लाई आज खेलसामग्री बितरण गरिएको छ । दैनिक अभ्यास खेल खेल्दै आएका महिला फुटबल खेलाडीहरुले खेल सामग्रीको अभाबमा समेत खेल्दै आएका थिए । रौतहट फुटबल संघमा आबद्ध महिला फुटबल खेलाडी लाई आज प्लान नेपाल र लालिगुरास क्लबको सहयोगमा फुटबल, जुुराफ र बुट बितरण गरिएको छ । खेल सामग्री हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य धनलाल ठोकरले महिला खेलाडीको दक्षता, क्षमता बढाउनको लागि पनि खेलसामग्रीको आबश्यक पर्ने बताउनु भयो । सबैको सहयोग बाटनै रौतहटका महिला खेलाडीले देशमानै रौतहटको नाम राख्न सफल भएकाले खेलाडीको प्रबद्धनका लागि ठोस नीति बनाउनु पर्ने बताउनु भयो । सोही अबसरमा चन्द्रपुर नगरपालिका वडानम्बर ६ का अध्यक्ष खडक बहादुर कुश्वारले रौतहटका महिला खेलाडीको बिकासमा सबैको सहयोग हुनु आबश्यक रहेको बताउनु भयो । सो कार्यक्रममा चन्द्रपुर नगरपालिका वडानम्बर १० का अध्यक्ष जयनाथ चौधरी, प्लान नेपालका पवन राई, रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामी, महासचिब मधुसुदन धिताल लगायतको उपश्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल वान डे ‘डेब्यू’ खेलमा ५५ रनले पराजित

काठमाण्ठौ १७ स्राबण । अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा नेदरल्यान्ड संग नेपाल पराजित भएकोे छ । १९० रनको लक्ष्य पछ्याएको नेपाल ५५ रनले पराजित

SITENAME

राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि पौडेल बनिन मुन ड्रप्स वेभरेजको ब्राण्ड एम्बास्डर

रौतहट १५ स्राबण । मुन ड्रप्स वेभरेज कम्पनी प्राईभेट लिमिटेडले आज राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि कुमारी पौडेल लाई ब्राण्ड एम्बास्डरमा नियुक्त

SITENAME

भुटानमा हुने साफ यू–१५ महिला च्याम्पियनसिपका लागि रुौतहटका सात खेलाडी

रौतहट १५ स्राबण । राष्ट्रिय यू–१५ महिला फुटबल टिममा रौतहटका सात जना खेलाडी छनौट भएका छन । भुटानको थिम्पुमा हुने यू–१५ महिला फुटबल प्रतियोगिताको