ताजा खबर

देशभरका ७९ जना प्रहरी उपरिक्षकको एकैपल्ट सरुवा

SITENAME

काठमाडौं २३ बैशाख । प्रहरी प्रधान कार्यालयले देशभरका ७९ जना प्रहरी उपरीक्षक (एसपी)को एकैपल्ट सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बढुवा समितिको सिफारिसमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक यज्ञबिनोद पोखरेलको प्रहरी प्रधान कार्यालय जनसम्र्पक तथा प्रचार प्रशार शाखामा सरुवा भएको छ भने जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर बाट रबीन्द्र केसीको जिल्ला प्रहरी कार्यालय रौतहट सरुवा भएको छ । त्यसैगरी, काभ्रेमा रविराज खड्का, तनहुमा सिद्दीबिक्रम शाह, कास्कीमा ओम राना र बारामा मिरा चौधरीको सरुवा भएको छ । ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा लोकेन्द्र श्रेष्ठ पुगेका छन् । जस अनुसार कास्कीका प्रहरी प्रमुख अशोक सिंह महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा ल्याइएका छन् । त्यहाँ महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा कार्यरत ओमबहादुर राना सरुवा भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा रहेका जीवन श्रेष्ठ जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा भएका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

तेजाब आक्रमण गर्ने एक जना पक्राउ

रौतहट १ असोज । दुई किसोरी लाई तेजाब आक्रमण गर्ने एक युबक आज पक्राउ परेका छन । एसिड आक्रमण बाट घाईते भई उपचार गराईरहेका दुई किसोरीको कुरुवा बसेका उनकै एक

सर्लाहीको मलङ्गवामा एक महिलाको शव फेला

भाद्र २५ । सर्लाहीको सदरमुकाम मलङ्गवामा एक महिलाको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–७ मुसैलीस्थित धान खेतको आलीमा नामठेगाना नखुलेको महिलाको शव

SITENAME

९५ जना प्रहरी नायब उपरिक्षक र ४८ जना प्रहरी उपरिक्षक सरुवा

रौतहट १६ स्राबण । प्रहरी प्रधान कार्यालय काठमाण्डौले एकैपल्ट ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । प्रहरी नायब उपरिक्षकको सरूवा सूची