ताजा खबर

नगरप्रमुखले आर्थीक अनियमितता गरेको वडाअध्यक्षहरुको आरोप

SITENAME

रौतहट २५ बैशाख । रौतहटको इशनाथ नगरपालिकामा चालु आर्थिक बर्ष भित्रको बिभिन्न बजेट शिर्षकमा अनियमितता भएको भन्दै नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृत बिरुद्ध छानबिनको लागि उजुरी दर्ता भएको छ । नगरप्रमुख संतोष मेहता र निमित प्रमुख प्रशासकिय अधिकृत रामजी जोशी बिरुद्ध छानबिनको लागि सोही नगरपालिकाको वडा नम्वर १, २, ७ र ८ का वडाध्यक्षहरू विगु साह, रामलक्ष्मण साह, शेख अब्दुल खालिफ र शेख चाँद अली लगायत २२ जना नगर सभा सदस्यहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दर्ता गराएका हुन । वडाअध्यक्षहरु संगै उजुरी दर्ता गराउनेमा वडासदस्यहरु अच्छेलाल साह, चन्देश्वर साह, उर्मिला देवी, सुगान्धी देवी, राम एकवाल साह तेली, तजममुल खान, सन्झा देवी, ललिता कुमारी सिंह, सलामुन खातुन, कौशल्या देवी, श्रीभगवान साह, रामअयोध्या साह, विरलाल साह, तेतरी बेगम, नुर आलम, झलिया बैठाइन, शेख अन्सारुल, खुजन कवाडी, रजपतिया देवी शेख जवाहिर हुसैन रहेका छन् । त्यस्तै उजुरीकर्ता कार्यपालिका सदस्य ग्रिसनन्दन सिंह, गांधीलाल साह, एमालेका अरुण ठाकुर, नेपाली कांग्रेसका उमाकान्त यादव, मंसर आलम, रामचन्द्र राउत, नारायण महतो, परवेज आलम, मासूम आलम, जवाहरलाल साह, विकास तिवारी लगायतका रहेका छन् । आर्थीक अनियमितताको उजुरी परेको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताउनु भयो । स्थानीय तहको ऐन कानुन  बिपरित नगरप्रमुख मेहता र प्रमुख प्रशासकिय अधिकृत जोशीले स्वास्थ्य, कृषि, जिन्सी, विद्युतको पोल, चिम, कम्बल, स्टेशनरी, इन्धन, फर्निचर, सिसि टिभी क्यामरा, मोवाइल, व्याग, गाडी भाडा, घर भाडा, भ्रमणको नाममा भत्ता निकासा, शैक्षिक सामग्री, क्रिकेट टुर्नामेन्ट लगायतका अनेकौं शिर्षकमा आर्थिक अनियमितता गरेको उजुरीमा उल्लेख छ । यस्तै औषधी खरिद वापतको २० लाख भुक्तानी लिइसकेको दाबी गरिएको छ । भाडाको घरमा सिसि टिभी क्यामरा जडानमा १४ लाख खर्च गरिएको छ । हरेक वडाका लागि खरिद गरिएका ल्याप्टप समेत वडा कार्यालयमा राखिएको छैन । गौरस्थित आफ्नै निवासबाट कार्यालय संचालन गर्न रुचाउने सो नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामजी जोशीले आफुले चढने गाडीको एकलाख ५ हजार मासिक भाडा तिर्ने गरेका छन । उनीहरुले राष्ट्रिय सर्तकता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका छन । आपनै नगरप्रमुख र प्रशासकिय अधिकृत बिरुद्ध छानबिनको लागि उजुरी दिनेमा ईशनाथ नगरपालिका पहिलो बनेको छ । सो नगरपालिकामा नुनदेखी सुन सम्म आपुर्ति गर्ने जिम्मा गौरका सतोष केशरी लाई दिएर कमिशन लिने गरेको आरोप समेत लगाइएको छ । गौरमा रहेको ईलेक्ट्रोनिक्स प्लाजा, केसरी कन्ट्रक्सन एण्ड सप्लायर्स, नारायणी ईन्टर प्राईजेजका संचालक सन्तोष केसरीले सो नगरपालिकामा आपुर्तीको सबै काम लिएको समेत आरोप लगाइएको छ । वडाअध्यक्षले विरोध जनाएको बिषयमा नगर प्रमुख मेहताले भने मोटर साईकल नपाएर वडाअध्यक्षले विरोध गरेको र उनीहरुले नगरपालिकामा तलाबन्दी गर्ने समेतको चेतावनी दिएको जानकारी पाएको बताउनु भयो । 


 

प्रतिकृया दिनुहोस
SITENAME

आर्थीक बर्ष सकिएको ६ महिनामा पनि पाच तहले नगरसभा गरेनन

रौतहट २ पौष । रौतहटका पाँच स्थानीय तहले दोस्रो नगर सभा गर्न सकेका छैनन । नगरसभा गरेका स्थानीय तहले भने बिकासको गति दिन सकेका छैनन । जनप्रतिनिधिहरुमा

SITENAME

प्रदेश २ मा नेकपाको प्रदेश कमिटीको सपथ ग्रहण

  प्रदेश २ मा नेकपाका प्रदेश सदस्यहरुको सपथ ग्रहण  मंसिर २७, रौतहट । नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले पछिल्लो समय प्रदेश दुई

SITENAME

गत आर्थीक बर्षमा चन्द्रपुर नगरपालिकाको अधिकास योजनामा अनियमिता

रौतहट २४ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकाका अधिकास योजनामा अनियमितता भएको छानबिन समितिको प्रतिबेदनले औल्याएको छ । सफा र सभ्य चन्द्रपुर हाम्रो