ताजा खबर

जिल्ला अस्पताल गौर दुर्गन्धित बन्दै

SITENAME

रौतहट २८ बैशाख । खुल्ला दिशामुक्त क्षेत्र तर्फ रौतहट उन्मुख भैरहेको बेला जिल्ला अस्पताल गौरको शौचालयको अबस्था भने कन्तबिजोग रहेको छ । अस्पतालको बाहिरी आबरण जति राम्रो देखिएको छ भित्र त्यतिनै अस्पताल भित्र दुर्गन्धित रहेको छ । अस्पतालको सुधारका लागि योजनाको थालनी नहुदा दिन प्रति दिन खस्कदो अबस्थामा रहेको छ । सुविधा सम्पन्न ५० शैय्याको अस्पतालमा ३२ वटा शौचालय रहेपनि एउटा पनि सञ्चालनमा रहेको छैन । जस्ले गर्दा अस्पतालमा कार्यरत चिकित्सक एवं कर्मचारीलाई शौच लागेको अण्डमा आफनो निबासमा जान बाध्य रहेका छन । उपचारार्थ अस्पताल आउने बिरामी र कुरुवा लाई शौच गर्न समस्या रहेको छ । उनीहरुको गौरको ब्यारेकफिल्डमा रहेको शौचालयमा जान बाध्य रहेका छन । दुर्गन्धित शौचालयका कारण शौच गर्न जाने जोकोही नाकमुक थुन्न मात्र बाध्य हैन उनीहरु समेत लाई टाउको दुख्ने र बान्ता आउने गरेको गुनासो सुनिन थालेको छ । अस्पतालका शौचालयमा जताततै गुटखा, पराग र सर्तिजन्य पदार्थ खाएर थुक फालेको कारण अस्पतालनै दुर्गन्धित रहेको छ । दुर्गन्धित शौचालय रहेको अस्पतालमा खानेपानीको समस्या समेत रहेको छ । बिरामीको स्वास्थ्य परिक्षण पछि डाक्टर र चिकित्सकहरु लाई हात धुने पानी समेत नरहेको गुनासो छ । यतिमात्र हैन हात धुन र पुछ्न साबुन पानी एवं रुमाल समेत अस्पतालमा नभएको अस्पताल प्रशासनले जनाएको छ । मानिसहरुको आधारभुत आबश्यक्ता भित्र पर्ने पिउने पानीको समेत ब्यबस्था गरिएको छैन 

प्रतिकृया दिनुहोस
SITENAME

सरकार र डाक्टर केसी बीच सहमति, २७ दिनको अनसन तोडियो

काठमाण्डौ ११ स्राबण । डाक्टर गोविन्द केसी र सरकारबीच नौ बुँदा सहमति भएपछि २७ दिन देखि अनसनरत डाक्टर केसीले बिहीबार राति साढे १० बजे अनसन तोडेका छन ।

SITENAME

लामो समय देखि स्वास्थ्यकर्मीले तलब पाएनन

रौतहट १५ असाढ । रौतहटको दुई नगरपालिका भित्र रहेको स्वास्थ्य संस्थाका चिकित्सक र कर्मचारीहरुले विगत ११ महिना देखि तलब पाउन बाट बन्चित भएका छन । तलब

SITENAME

स्वास्थ्यकर्मीले तलब नपाउदा निराश

रौतहट २५ चैत्र । रौतहटको चन्द्रपुर नगरपालिका भित्र रहेको चार वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले चार महिना देखि तलब पाउन बाट बन्चित