ताजा खबर

रौतहटका अपाङ्ग लाई सहायक सामग्री बितरण

SITENAME

रौतहट ३० बैशाख । रौतहटको चन्द्रपुर–५ मा आज अपाङ्गता भएका ब्यक्ति लाई सहायक सामग्री बितरण गरिएको छ । राष्ट्रिय अपाङ्ग बाल सहायता केन्द्र काठमाण्डौको आयोजनामा रौतहट बिभिन्न तीन जना लाई ट्राईसाईकल, दश जना लाई बैशाखी १० जना लाई वाईट क्यान र ८ जना लाई स्टीक बितरण गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र काठमाण्डौ महानगरपालिकाको आर्थीक सहयोगमा केन्द्रले चन्द्रपुर–५ स्थित राधाकृष्ण मंदिरमा उक्त सहायक सामग्री बितरण गरिएको हो । सहायक सामग्री बितरण गर्न आयोजित कार्यक्रमको प्रमुख अतिथीमा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुरका प्रमुख मोक्सुद आलम, ट्राफिक प्रहरी निरिक्षक राममणी उप्रेती, प्रहरी निरिक्षक तेजनारायण यादब, नेपाली काग्रेसका पुर्ब उपसभापति अनन्त कोईराला, अजय साह, महिला नेतृ लक्षिम बराल, नेबिसंघका केन्द्रिय सदस्य फिरोज आलम, नेबिसंघ रौतहटका अध्यक्ष श्यामहरी चौलागार्इँ, राष्ट्रिय अपाङ्ग कोषको पुर्ब केन्द्रिय सभापति नितेश गुप्ता, हरी मिश्र लगायतको आतिथ्यता रहेको थियो । चन्द्रपुर नगरपालिकाको वडानम्बर पाँचका वडाअध्यक्ष संजय काफलेको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि रामचन्द्र चौधरीले अपाङ्गहरुको निम्ति जीबिकोपार्जन हुने गरी कार्यक्रम ल्याउने बताउनु भयो । कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पसका स्वबियु उपसभापति गोपाल हुमागाईले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन चन्द्रपुर नगरउधोग बाणिज्य संघ चन्द्रनिगाहपुरका महासचिब सुनिल साहले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी द्धारा बरामद घरेलु मदिरा नष्ट

रौतहट ४ पौष । रौतहट प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा आज नष्ट गरेको छ । रौतहटको चन्द्रपुर नगरक्षेत्र बाट उत्पादन गरिएको घरेलु मदिरा ब्यबसायिक

SITENAME

स्थानीय तहका कर्मचारी आन्दोलित, सेबाग्रही मर्कामा

रौतहट ३ पौष । रौतहटको चन्द्रपुर नगरपालिकाका कर्मचारीले आज काम काज ठप्प पारेका छन । सरकार द्धारा जारी कर्मचारी समायोजन अध्यादेशले असमान ब्यबहार गरेको

SITENAME

चन्द्रोदय द्धारा रक्तदानको आयोजना

रौतहट २ पौष । रौतहटको चन्द्रनिगाहपुरमा आज रक्तदान भएको छ । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । सो