ताजा खबर

रौतहटको कटहरियामा बामगठबन्धनको भबन बन्ने

SITENAME

रौतहट ३१ बैशाख । रौतहटको कटहरियामा बाम गठबन्धनको कार्यालय भवन निर्माण हुने भएको छ । यस्को लागि कटहरिया नगरपालिका– ५ स्थित बजार नजिकको दुुईकटठा घडेरी कटहरियाका पुुर्व गाबिस अध्यक्ष जादोलाल महतोले निशुल्क प्रदान गरेपछि भबन बन्ने भएको हो । बामगठबन्धनको लागि जग्गा हस्तान्तरण भएसंगै भबन निर्माणको लागि सहयोग रकम उपलब्ध भएको छ । ईटा उत्पादक संघ रौतहटका अध्यक्ष राम बिनोद साहले तीन तल्ले भबन निर्माण गर्दा लाग्ने सबै ईट्टा सहयोग गर्ने बताउनु भएको छ । यस्तै  भवन निर्माणका लागी गरुडा नगरपालिका– पोठियाहीका रामबाबुु साहले दुुईलाख ५१ हजार, कटहरिया नगरपालिकाकी उपमेयर नुुरजहाँ खातुनले एकलाख ५ हजार,शिक्षक जयकिशोर साहले एकलाख मुल्यको २५ टेलर गिटी, कटहरियाका योगेन्द्र साहले ५१ हजार, कटहरिया– ७ का वडा अध्यक्ष हरीभजन साहले २५ हजार, वडा नम्बर–८का अध्यक्ष नवद यादवले २५ हजार भबन निर्माणको लागि सहयोग रकम उपलब्ध गराउने बताउनु भएको हो । पुर्बमंन्त्रि प्रभु साहको पहलमा उक्त स्थानको जग्गा गाबिसका पुर्ब अध्यक्ष जादोलाल महतोले उपलब्ध गराउनु भएको हो । यसैबीच सो स्थानमा बन्न लागेको भबनको  प्रदेश सभा सदस्यद्धय नागेन्द्र यादव र कुुन्दन कुुश्वाहाले संयुक्तरुपमा शिलान्यास गर्नु भएको छ । सो शिलान्यास कार्यक्रममा मौलापुर नगरपालिकाका प्रमुख रीना कुुमारी साह, कटहरिया नगरपालिकाका उप प्रमुख नुुरजहाँ खातुुन, गुुजरा नगरपालिकाका प्रमुखका प्रत्यासी रामेश्वरी चौधरी, सहित कार्यक्रममा बाम गठबन्धनका नेता मनोज यादव, पलट चौधरी, त्रिभुवन साह, प्रेमलाल साह, नसरुदिन अन्सारी, योगेन्द्र यादव लगायतको  उपश्थिती रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

लागुपदार्थ सम्बन्धि जनचेतना कार्यक्रम

रौतहट ८ जेष्ठ । रौतहटको चन्दपुर नगरक्षेत्रका बिद्यालयमा लागु पदार्थ तथा एचआईभी एड्स सम्बन्धी जनचेतनामुलक कार्यक्रम सचालन गरिएको छ । रौतहटको चन्दपुर

SITENAME

रौतहटका एक सिरियल किलर लाई ५२ बर्ष कैद

रौतहट जिल्ला अदालतले एक अभियुक्त लाई ५२ वर्ष कैद सजायको पैmसला गरेको छ । अपहरण तथा शरीर बन्धक, जबरजस्ति करणी र कर्तब्य ज्यान मुध्दामा रौतहटको कटहरिया

SITENAME

सेना द्धारा सुलभ शौचालय निर्माण

रौतहट ४ जेष्ठ । रौतहटको राजदेबी नगरपालिका–३ मा सुलभ शौचालयको निर्माण भएको छ । सो स्थानमा रहेको राजदेबी मंन्दिरमा दर्शन गर्न आउने दर्शनाथी लाई