ताजा खबर

रामेछापका तीन बिद्यालयमा शैक्षिक सामग्री र तालिम प्रदान

SITENAME

रामेछाप ३१ बैशाख । रामेछापको तीन वटा बिद्यालयमा शैक्षिक सामग्री र ज्ञानबद्धक तालिम दिइएको छ । रामेछाप काठमाण्डौ सृजनसिल समाज र सोफिक नेपालको संयुक्त आयोजनामा रामेछापको मन्थली नगरपालिका भित्र पर्ने पशुपति माध्यमिक बिद्यालय भुलभुले, शारदा माध्यमिक बिद्यालय सावाडाडा, र सिक्राल माध्यमिक बिद्यालय, सिक्रालमा अध्यनरत सात सय बिद्यार्थी लाई शैक्षिक सामग्री बितरण गरिएको हो । शैक्षिक सामग्री पाएपछि अध्यनरत बिद्यार्थीहरु हर्षित भएका छन । शैक्षिक सामग्री बाट बिद्यार्थीहरुको मनोबल बढने उनीहरुले बताएका छन । शैक्षिक सत्रको प्रारम्भमै बिद्यालमा अध्यनरत छात्रछात्रा लाई शैक्षिक सामग्री बितरण गरिएपछि गुणस्तरीयतामा बृध्दिहुने बिश्वास गरिएको छ । शैक्षिक सामग्री बितरण कार्यक्रममा अध्यनरत बिद्यार्थीका अभिभाबकको उपश्थिती रहेको थियो । उता पशुपति माध्यमिक बिद्यालयका भुलभुलेमा कक्षा, ६, ७ र ८ मा अध्यनरत बिदयार्थीको लागि जीबनउपयोगी सीप सम्बन्धित तालिम दिइएको छ । उता शारदा माध्यमिक बिद्यालय सावाडाडाका कक्षा ८ र ९ मा अध्यनरत बिद्यार्थीको लागि जीबनउपयोगी र कक्षा दशमा अध्यनरत बिद्यार्थीको लागि साईबर क्राईम र साईबर सेकुरीटि सम्बन्धि तालिम सोफिक नेपालले दिएको छ । यसबाट बिश्वमा बढ्दै गैरहेको नयां प्रविधि र प्रयोग संगै त्यसबाट ब्यक्तिगत र समाजमा पर्ने प्रत्यक्ष र अप्रत्यक्ष हानी नोक्सानीका बारेमा बिद्यार्थी लाई जानकारी दिईनुका साथै विश्वमा दिनानुदिन बढ्दै गैरहेको साईवर अपराध र त्यसबाट बच्ने उपायको बारेमा ज्ञान दिइएको छ । तालिममा फेसबुक, ईमेल, कम्युटर, मोवाईल, वाईफाई बाट आफ्ना ब्यक्तिगत बिबरणहरु कसरी लिक हुन्छन् र अनाधिकृत रुपबाट ह्याकरहरुले गर्ने साईबर क्राइकका बारेमा ज्ञान दिईएको थियो । सिक्राल माध्यमिक बिद्यालका कक्षा ९ र १० का बिद्यार्थीका लागि समेत सोफिक नेपालले जीबनउपयोगी सम्बन्धित तालिम दिइएको थियो । सिक्राल माध्यमिक बिद्यालय भएको शैक्षिक सामग्री बितरण समारोहमा मन्थली नगरपालिकाका प्रमुख  रमेश बस्नेत र १२ नम्बर वडाका अध्यक्ष कृष्णहरी अधिकारी समेत उपश्थित रहेको थियो भने  शारदा माध्यमिक बिद्यालय सावाडाडामा भएको शैक्षिक  सामग्री बितरण कार्य क्रममा नगरप्रमुख बस्नेत र वडाअध्यक्ष भिम थापा मगरको उपश्थिती रहेको थियो । सोफिक नेपालका उपाध्यक्ष सरस्वती अधिकारीले आगामी दिनमा समेत अन्य बिद्यालमा अध्यनरत बिद्यार्थीको लागि शैक्षिक सामग्री र तालिम दिदै जाने बताउनु भयो । 

प्रतिकृया दिनुहोस
SITENAME

बन्धक बनाएर एक नाबालिका लाई सामुहिक बलत्कार गर्ने तीन जना पक्राउ

रौतहट १ स्राबण । एक १३ बर्षिय बालिका लाई दुई महिना सम्म सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन । बेवारिसे अबस्थामा बालिकाको असार २७ गते

SITENAME

रौतहटको दुई स्थानमा ईलाका प्रहरी कार्यालय स्थापना हुने

काठमाण्डौ १ स्राबण । नेपाल प्रहरीले रौतहटको दुई स्थान सहित ३० स्थानमा नयाँ कार्यालय स्थापना गर्ने भएको छ । प्रहरीमा दरबन्दी थप गरेसँगै सरकारले आबश्यक

SITENAME

रौतहटको तीन स्थानय तहमा नगरसभा शुरु

रौतहट १० असाढ । रौतहटको तीन वटा नगरपालिकाले मात्रै दोस्रो नगरसभा शुरु गरेका छन । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० गते बाट स्थानीय