ताजा खबर

कृषि सम्बन्धि तालिम समापन

SITENAME

रौतहट १ जेष्ठ । रौतहटको चन्दपुर नगरपालिका–५ मा संचालित कृषि सम्बन्धि सात दिने तालिम आज समापन भएको छ । तालिममा सहभागिहरु लाई नगर   कार्यपालिकाका प्रमुख रामचन्द चौधरीले प्रमाणपत्र बितरण गर्नु भएको थियो । चन्द्रपुर नगरपालिकाको आर्थीक सहयोगमा राष्ट्रिय बहुप्रबिधि केन्द्र नेपाल, रौतहटले कृषि सम्बन्धि तालिम दिएको हो । दैनिक ६० जनाको दरले बिभिन्न बिधामा तालिम   दिइएको थियो । माटो प्रशिक्षण, बीउबिजन छनौट गर्ने तरिका, धानखेती गर्ने तरिका, एसआरआई प्रबिधि बाट रोग तथा किराहरु समाधान, च्याउ खेतीको तालिम दिइएको थियो भने नमुना धानबीउ बितरण, बोटबिरुवा बितरण गरिएको हो । १ सय भन्दा बढिले उक्त तालिम लिएका थिए । पाँच नम्बर वडाअध्यक्ष सञ्जय काफलेको सभापतित्वमा भएको समापन कार्यक्रममा वडा सदस्य गोपाई हुमागाई, शम्भुशरण कुमार, सम्बाद समुह रौतहटका अध्यक्ष अनन्त कोईराला, नेपाल बिधार्थी संघका केन्द्रिय सदस्य मो फिरोज आलम, अजय साह, बिदुर चालिसे, श्यामहरी चौलागाई, मिथलेश मिश्र, नीलहरी कोईरालाको आतिथ्यता रहेको थियो ।


 

प्रतिकृया दिनुहोस
SITENAME

उपभोक्ता समितिको पदाधिकारीमा कर्मचारीको साली र नगरप्रहरी

रौतहट ५ स्राबण । रौतहटको गौर नगरपालिकामा कार्यरत नगरप्रहरीनै उपभोक्ता समितिको पदाधिकारी रहेको खुल्न आएको छ । उता सोही समितीमा नगरपालिकाका

SITENAME

कन्टेनर भेन र स्कारपियो जुध्दा एकको मृत्यु

रौतहट ४ स्राबण । रौतहटको चन्द्रपुर नगरपालिका–४ मा सबारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । पुर्ब पश्चिम राजमार्गको लहामा जङ्गलक्षेत्रमा पश्चिम

SITENAME

सडक निर्माण गर्ने क्रममा कुटपटि, पक्राउ परेका रिहा

रौतहट ४ स्राबण । कुटपिटको आरोपमा पक्राउ परेका तीन जना लाई ईलाका प्रहरी कार्यालयले रिहा गरेको छ । नीजि जग्गा बाट सडक निर्माण गर्ने बिषयमा छलफलमा