ताजा खबर

कृषि सम्बन्धि तालिम समापन

SITENAME

रौतहट १ जेष्ठ । रौतहटको चन्दपुर नगरपालिका–५ मा संचालित कृषि सम्बन्धि सात दिने तालिम आज समापन भएको छ । तालिममा सहभागिहरु लाई नगर   कार्यपालिकाका प्रमुख रामचन्द चौधरीले प्रमाणपत्र बितरण गर्नु भएको थियो । चन्द्रपुर नगरपालिकाको आर्थीक सहयोगमा राष्ट्रिय बहुप्रबिधि केन्द्र नेपाल, रौतहटले कृषि सम्बन्धि तालिम दिएको हो । दैनिक ६० जनाको दरले बिभिन्न बिधामा तालिम   दिइएको थियो । माटो प्रशिक्षण, बीउबिजन छनौट गर्ने तरिका, धानखेती गर्ने तरिका, एसआरआई प्रबिधि बाट रोग तथा किराहरु समाधान, च्याउ खेतीको तालिम दिइएको थियो भने नमुना धानबीउ बितरण, बोटबिरुवा बितरण गरिएको हो । १ सय भन्दा बढिले उक्त तालिम लिएका थिए । पाँच नम्बर वडाअध्यक्ष सञ्जय काफलेको सभापतित्वमा भएको समापन कार्यक्रममा वडा सदस्य गोपाई हुमागाई, शम्भुशरण कुमार, सम्बाद समुह रौतहटका अध्यक्ष अनन्त कोईराला, नेपाल बिधार्थी संघका केन्द्रिय सदस्य मो फिरोज आलम, अजय साह, बिदुर चालिसे, श्यामहरी चौलागाई, मिथलेश मिश्र, नीलहरी कोईरालाको आतिथ्यता रहेको थियो ।


 

प्रतिकृया दिनुहोस
SITENAME

पत्रकार सञ्जय कार्कीलाई पत्नीशोक

साउन १९, रौतहट । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा गुञ्जन एफ एमका स्टेशन मेनेजर सञ्जय कार्कीलाई पत्नीशोक परेको छ । कार्कीको पत्नी नम्रता

SITENAME

बिद्यालयको हिसाब माग्न थाल्यो प्रहरीले

रौतहट १७ स्राबण । प्रहरीले यहाको एक बिद्यालय संग हिसाबकिताब र कागजपत्र माग गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक मनोज यादबले

SITENAME

चन्द्रपुर नगरपालिकामा अख्तियारको आँखा

रौतहट १६ स्राबण । अख्तियार दुरुपायोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाले चन्द्रपुर नगरपालिकाको जेसीबीको रकम हिनामिना सम्बन्धमा छानबिन