ताजा खबर

वन मुद्धामा प्रदेश सभा सदस्यलाई दण्ड जरिवाना

SITENAME

रौतहट १ जेष्ठ । बनपैदाबर मुध्दामा रौतहटका एक प्रदेश सभा सदस्य लाई एक बर्षको जेल सजाय तोकिएको खुल्न आएको छ । तर पुनराबेदन अदालत हेटौडाले कैद सजाय तोकेकै समयमा उनी रौतहटको निर्बाचन क्षेत्रनम्बर– ३ को प्रदेश सभा निर्बाचन क्षेत्रनम्बर २ बाट माओबादीको तर्फ बाट बिजयी भएका हुन । अनुमति बिनानै चिरान काठ ओसार पसार गरेको अभियोगमा तत्कालिन पुनराबेदन अदालत हेटौडाको फैसलाको आधारमा रौतहटको निर्बाचन क्षेत्रनम्बर ३ को प्रदेश सभा निर्बाचन क्षेत्रनम्बर २ का सदस्य कुन्दन प्रसाद कुश्वाहा लाई दण्ड जरिवानाका लागि जिल्ला प्रहरी कार्यालय रौतहट लाई पत्राचार गरेको हो । जिल्ला अदालत बाराले ०७४ चैत्र २९ गते कैदको लगत कस्न जिल्ला अदालत गौरमा पत्राचार गरेअनुसार जिल्ला अदालत गौरले ०७५ बैशाख १९ गते जिल्ला प्रहरी कार्यालय रौतहट लाई कुश्वाहा सहित ट्रकका चालक कालु भन्ने ईन्द्र बहादुर मानन्धर लाई दण्ड जरिवानाको लागि पत्राचार भएको हो । बनपैदाबर ओसारपसार मुध्दामा जिल्ला अदालत बाराको ०७१ असाढ २२ को तत्कालिन पुनराबेदन अदालत हेटौडाको ०७२ स्राबण २५को फैसलाले कुश्वाहा र मानन्धर लाई एक बर्ष कैद सजाय तोकेको हो । सोही फैसला कार्यान्वयनको लागि बारा जिल्ला अदालत कलैयाले रौतहट जिल्ला अदालत गौर लाई पत्राचार गरेको हो । उता प्रदेश सभा सदस्य कुन्दन कुश्वाहाले भने आफ्ले सर्बोच्च अदालतमा अपिल गरिसकेको मुध्दामा कसरी पक्राउ पुर्जी जारी भयो आफु अचम्मित भएको बताउनु भयो । उहाले ०७३ स्राउण १६ गते सर्बोच्च अदालतले बारा जिल्ला अदालतको शुरुको फैसलामा सफाई पाएपनि पुनराबेदन अदालतले शुरुको फैसला उल्टि एक बर्ष कैद सजाय हुने फैसला देखिन्छ । शुरु अदालतमा निबेदक प्रतिबादले ५ लाख ५५ हजार ८ सय ८० रुपैया बराबारको जेथा राखेको देखिएको हुदा सो जेथा लाई धरौटी कायम गरी मुध्दा दोहोरयाउने प्रयोगार्थ अदालती बन्दोबस्तको १९४ को २ बमोजिम अनुमति प्रदान भएको हुदा कसरी दण्ड जरीबाना तोकिएको हो आफु अचम्मित परेको उहाले बताउनु भयो । प्रहरीले भने जिल्ला अदालत गौरको पत्र लाई गोप्य राखेको छ । २०६९ असोज २ गते बिहान रौतहटको कटहरिया बजारबाट ना ४ ख ४६४० नम्बरको ट्रकमा अनुमति बिना सालको चिरान काठ २ सय ६५ थानको ४ सय ६९ क्यूफिट र ८ क्विन्टल स्ट्रिप कास्किको पोखरा लैजान लागेको अबस्थामा बाराको साविक पिपरा सिमरा स्थित पथलैया चोकमा बरामद गरेपछि कुश्वाहा सहित ट्रकका चालक काुल भन्ने ईन्द्र बहादुर मानन्धर र ट्रक मालिक बिन्देश्वर साह कलवार लाई मुध्दा चलाइएपनि पुनराबेदन अदालत बाट कलवारले सफाई पाएर कुश्वार र मानन्धर लाई दण्ड जरिवाना तोकिएको हो । फैसलामा उक्त काठ कटहरिया स्थित न्यूएभरेष्ट समिलका प्रोपाईटर कुन्दनप्रसाद कुशवाहको रहेको छ ।

 
 

प्रतिकृया दिनुहोस
SITENAME

तेजाब आक्रमण गर्ने एक जना पक्राउ

रौतहट १ असोज । दुई किसोरी लाई तेजाब आक्रमण गर्ने एक युबक आज पक्राउ परेका छन । एसिड आक्रमण बाट घाईते भई उपचार गराईरहेका दुई किसोरीको कुरुवा बसेका उनकै एक

सर्लाहीको मलङ्गवामा एक महिलाको शव फेला

भाद्र २५ । सर्लाहीको सदरमुकाम मलङ्गवामा एक महिलाको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–७ मुसैलीस्थित धान खेतको आलीमा नामठेगाना नखुलेको महिलाको शव

SITENAME

९५ जना प्रहरी नायब उपरिक्षक र ४८ जना प्रहरी उपरिक्षक सरुवा

रौतहट १६ स्राबण । प्रहरी प्रधान कार्यालय काठमाण्डौले एकैपल्ट ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । प्रहरी नायब उपरिक्षकको सरूवा सूची