ताजा खबर

नेपाल बिद्यार्थी संघको रौतहट अध्यक्षमा कार्की

SITENAME

रौतहट १ जेष्ठ । नेपाल विद्यार्थी संघ रौतहटको अध्यक्षमा केन्द्रिय समितिले मङ्गलबार देबराज कार्की लाई जिम्मेबारी दिएको छ । केन्द्रिय समितिका उपाध्यक्ष नबिन राई र महामन्त्रि कुन्दराज काफले द्धारा हस्ताक्षरित पत्र द्धारा नेपाल बिद्यार्थी संघ रौतहटको जिम्मेबारी कार्की लाई दिइएको हो । हस्ताक्षरित पत्रमा संघको बिधान ०२७ को छैठो संसोधन ०७३ बमोजिम जिल्लाको अधिबेशन सम्पन्न गर्ने गरी जिम्मा दिएको छ । संगठनको मुल्य, मान्यता, आर्दश लाई  ध्यानमा राखी कार्की लाई संगठनको बिस्तारमा लाग्न भनिएको छ । अध्यक्षको जिम्मेबारी पाएपछि कार्र्कीले गुञ्जन एफएम संग भने बिधान अनुरुप आफुलाई केन्द्रिय समितिले अध्यक्षको जिम्मेबारी दिएकाले आफु सघको नीति, नीयम अनुरुप संघलाई क्रियाशिल बनाउने छु । नेपाल बिद्यार्थी संघको केन्द्रिय समितिले रौतहटको अध्यक्षमा कार्की लाई जिम्मेबारी दिएको बोधार्थ नेपाली काग्रेस जिल्ला कार्य समिति रौतहट लाई दिएको छ । यसअघि रौतहटको निर्बाचन गराउन प्रतिनिधि तोकिएकी केन्द्रिय सदस्य मेघा शाहीले श्यामहरी चौलागाई लाई अध्यक्षको जिम्मेबारी सोही बिधान लाई टेकेर दिएकी थिईन तर यसपटक कार्की लाई भने केन्द्रिय समितिका उपाध्यक्ष नबिन राई र महामन्त्रि कुन्दराज काफले बाटनै जिम्मेबारी दिइएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

पत्रकार सञ्जय कार्कीलाई पत्नीशोक

साउन १९, रौतहट । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा गुञ्जन एफ एमका स्टेशन मेनेजर सञ्जय कार्कीलाई पत्नीशोक परेको छ । कार्कीको पत्नी नम्रता

SITENAME

बिद्यालयको हिसाब माग्न थाल्यो प्रहरीले

रौतहट १७ स्राबण । प्रहरीले यहाको एक बिद्यालय संग हिसाबकिताब र कागजपत्र माग गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक मनोज यादबले

SITENAME

चन्द्रपुर नगरपालिकामा अख्तियारको आँखा

रौतहट १६ स्राबण । अख्तियार दुरुपायोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाले चन्द्रपुर नगरपालिकाको जेसीबीको रकम हिनामिना सम्बन्धमा छानबिन