ताजा खबर

अदालतको पत्रले अन्यौलता बढायो

SITENAME

रौतहट २ जेष्ठ । रौतहट जिल्ला अदालत गौरले लगत कस्न जिल्ला प्रहरी कार्यालय रौतहट लाई पठाउनु पर्नेमा पत्रमा प्रदेशसभा सदस्य कुन्दनप्रसाद कुश्वाह लाई दण्ड जरीवाना सम्वन्धमा भन्दै पत्र पठाएको पाइएको छ । सर्बोच्च अदालतमा बिचराधिन मुध्दामा जिल्ला अदालत गौरले त्यसपत्रकारले पत्र प्रहरी लाई पठाएको समाचार सार्बजनिक भएपछि जिल्ला अदालतले पत्र सच्याएको छ । रौतहट जिल्ला अदालतका विगो फाँटका कर्मचारीले लगत कस्ने सम्वन्धको पत्र लाइ दण्ड जरिवाना लेखेको खुलेको हो । रौतहट जिल्ला अदालत गौरका श्रेस्तेदार चिन्तामणी शर्माले प्रदेश सभा सदस्य कुन्दन कुश्वाहाको मुध्दा सर्बोच्च अदालतमा बिचाराधिन रहेकोले पुनः लगत कस्ने पत्र जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको बताउनु भयो । तत्कालिन पुनरावेदन अदालत हेटौडाले ०७२ साउन २५ गते प्रतिवादी कुश्वाहालाई एक बर्ष कैद हुने ठहरको फैसला भएकोमा वारा जिल्ला अदालतको चलानी नम्वर ७९१५को मिति ०७४ चैत २९ गते रौतहट जिल्ला अदालत गौरले पत्र पाएपछि जिल्ला प्रहरी कार्यालय लाई ०७५ बैशाख १९ गते दण्ड जरिवानाको पत्र पठाएको थियो । रौतहट जिल्ला अदालतको विगो फाँटका डिठा विपिन साहले वारा जिल्ला अदालतबाट “लगत कसी” जानकारी दिनु भनि लेखिएको मा “दण्ड जरिवाना” विषय राखेर जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठाएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले संसद कुश्वाहको नाममा आएको पत्रमा पक्राउ हो वा दण्ड जरीवाना अथवा अन्य केही हो भनी प्रष्ट नभएको भन्दै प्रस्ट पार्न आग्रह गरे पछि रौतहट जिल्ला अदालतले बुधवार सच्याएर अर्को पत्र जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएको हो । पुनराबेदनको फैसला उपर आफुले २०७३ साउन १६ गते सर्बोच्चमा अपिल गरेको प्रदेश सभा सदस्य कुन्दन कुश्वाहले बताउनु भयो । कुश्वाह माओबादी केन्द्र पार्टीबाट रौतहट क्षेत्रनम्बर ३ को प्रदेश सभा निर्बाचन क्षेत्रनम्बर २ का निर्बाचित सदस्य हुन । उहाले अदालतमा पाच लाख ५५ हजार ८ सय बराबरको जमिन धरौटी राखेर सर्वोच्चमा अपिल गरेको बताउनु भएको छ । अवैधरुपमा वन पैदवार ओसारपसारमा संलग्न रहेको भन्दै पुनरावेदन अदालत हेटौडाको २०७२ साउन २५ गतेको फैसलाले प्रदेश सभा सदस्य कुश्वाह लाइ एकबर्ष कैदको फैसला गरेको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

तेजाब आक्रमण गर्ने एक जना पक्राउ

रौतहट १ असोज । दुई किसोरी लाई तेजाब आक्रमण गर्ने एक युबक आज पक्राउ परेका छन । एसिड आक्रमण बाट घाईते भई उपचार गराईरहेका दुई किसोरीको कुरुवा बसेका उनकै एक

सर्लाहीको मलङ्गवामा एक महिलाको शव फेला

भाद्र २५ । सर्लाहीको सदरमुकाम मलङ्गवामा एक महिलाको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–७ मुसैलीस्थित धान खेतको आलीमा नामठेगाना नखुलेको महिलाको शव

SITENAME

९५ जना प्रहरी नायब उपरिक्षक र ४८ जना प्रहरी उपरिक्षक सरुवा

रौतहट १६ स्राबण । प्रहरी प्रधान कार्यालय काठमाण्डौले एकैपल्ट ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । प्रहरी नायब उपरिक्षकको सरूवा सूची