ताजा खबर

नागरिक संग प्रहरीको ब्यबहार कस्तो हुनु पर्छ, प्रहरी उपरिक्षक ज्यु ?

SITENAME

सञ्जय कार्की
रौतहट ३ जेष्ठ । प्रहरी कार्यालयमा सेबाग्रही लाई स्वागत छ, दलाल लाई प्रबेश निषेध यो ब्यानर जिल्ला प्रहरी कार्यालय गौरको मुलगेटमा लेखिएको छ । तर सोही कार्यालयमा बिहीबार सेबा लिन जाने पीडित र पत्रकार लाई प्रबेशमा अबरोध पुरयाइएको छ । यतिमात्र हैन रौतहटका प्रहरी लाई मुस्कान सहितको सेबा, प्रहरी मेरो साथी, जनता संग प्रहरी जस्ता कार्यक्रम बाट जनमुखि हुन प्रेरित गरिएको छ । तर जिल्ला प्रहरी कार्यालय रौतहटको दर्ता चलानीमा कार्यरत प्रहरी जवान कृष्ण धरलाले सामुदायिक प्रहरी सेबा चन्द्रनिगाहपुरका सचिब एबम अन्नपुर्णपोष्टका पत्रकार फणिदेब महत र कान्तिपुरका पत्रकार शिबपुरी लाई दुब्र्यबहार गरेका छन । यतिमात्र हैन जिल्ला प्रहरी कार्यालय रौतहटको मुलगेटमा सेन्ट्रि बसेका प्रहरी जवान मानबहादुर बिश्वकर्माले दर्जनौ सेबाग्रही र नागरिक दैनिकका पत्रकार मदन ठाकुर, द हिमालयनका पत्रकार प्रभात कुमार झा, सौर्यदैनिकका पत्रकार एबम ईन्सेकका रौतहट प्रतिनिधि बिपिन गौतम लाई अभद्र ब्यबहार गर्दै प्रबेशमा रोक लगाएपछि कार्यालयको मुलगेटमा टागिएको ब्यानर अर्थहिन बनेको छ । राज्यले लगानी गरेर प्रदान गरिएको मुस्कान सहितको प्रहरी, प्रहरी मेरो साथी जस्ता कार्यक्रम समेत निरर्थक बनेको छ । तीन दिन अघि मात्रै सरुवा भएर आएका प्रहरी उपरिक्षक रबिन्द्र केसीले सत्य सेबा सुरक्षणको मुलमन्त्र बोकेर कार्य गर्ने बताईरहदा उनकै कार्यालयमा जाने पीडितहरु मर्कामा पर्न थालेका छन । यस्को नेपाल पत्रकार महासंघ रौतहट शाखा, नेपाल प्रेश युनियन र प्रेश चौतारी लगायत पत्रकारहरुको संस्थाले बिरोध जनाएका छन । रौतहटको सदरमुकाम गौरमा बिहीबार प्रेश काउन्सिल द्धारा आयोजित कार्यक्रममा समेत प्रहरी उपरिक्षक केसीले कानुनी राज्य, बिधिको शासन र मानबअधिकारमा प्रतिबद्ध रहने बताईरहेका बेला पत्रकारहरु लाईनै दुब्र्यबहार भएको हो । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र साह द्धारा हस्ताक्षरित बिज्ञप्तिमा पत्रकार माथि भएको दुब्र्यबहारको निन्दा गरिएको छ । बिज्ञप्तिमा भनिएको छ, समाचार र ब्यक्तिगत कामको लागी भित्र प्रवेश गर्न लागेका पत्रकारलाई प्रवेशमा रोक लगाउनु र  दुब्र्यबहार गर्नु खेदपूर्ण छ । 


 

प्रतिकृया दिनुहोस
SITENAME

आर्थीक बर्ष सकिएको ६ महिनामा पनि पाच तहले नगरसभा गरेनन

रौतहट २ पौष । रौतहटका पाँच स्थानीय तहले दोस्रो नगर सभा गर्न सकेका छैनन । नगरसभा गरेका स्थानीय तहले भने बिकासको गति दिन सकेका छैनन । जनप्रतिनिधिहरुमा

SITENAME

प्रदेश २ मा नेकपाको प्रदेश कमिटीको सपथ ग्रहण

  प्रदेश २ मा नेकपाका प्रदेश सदस्यहरुको सपथ ग्रहण  मंसिर २७, रौतहट । नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले पछिल्लो समय प्रदेश दुई

SITENAME

गत आर्थीक बर्षमा चन्द्रपुर नगरपालिकाको अधिकास योजनामा अनियमिता

रौतहट २४ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकाका अधिकास योजनामा अनियमितता भएको छानबिन समितिको प्रतिबेदनले औल्याएको छ । सफा र सभ्य चन्द्रपुर हाम्रो