ताजा खबर

नेबिसंघ द्धारा प्रमुख जिल्ला अधिकारी लाई मृल्यबृध्दिको बिरोधमा ज्ञापन पत्र

SITENAME

रौतहट २२ । सरकारले बृध्दि गरेको पेट्रोलियम पदार्थको मृल्यबृध्दि फिर्ताको माग गर्दै आज नेबिसंघ रौतहटले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ । नेबिसंघ रौतहटका अध्यक्ष श्यामहरी चौलागाईको नेतृत्वको टोलिले मृल्यबृध्दि फि र्ता हुनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल लाई ज्ञापन  पत्र बुझाएको हो । नेबिसंघका केन्द्रिय सदस्य फिरोज आलम, पुर्ब केन्द्रिय सदस्य सुर्य बहादुर थापा, जनज्योति बहुमुखि क्यामपस स्ववियू सदस्य सुसिल अधिकारी, पूर्व स्ववियू सदस्य राजेश यादव, नजबुल्लाह, नितिश कुमार गुप्ता लगायत नेपाली विधार्थी संघका कार्यकताहरुको उपस्थितिमा सो ज्ञापन पत्र बुर्झाको थियो । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल आयल निगमले अन्तराष्ट्रिय बजार अनुसार मुल्य समायोजन गर्ने नाममा पटक पटक मुल्यबृध्दि गरेर जनता लाई आर्थीक भार  थोपर्ने काम गरेकोले अबिलम्ब फिर्ता गर्नु पर्ने भन्दै ज्ञापन बुझाएको नेबिसंघ रौतहटका अध्यक्ष श्यामहरी चौलागाईले गुञ्जन एफएम लाई बताउनु भयो । नेबिसंघले उठाएको जायज माग लाईसम्बोधन नगरे नेपाल विधार्थी संघ रौतहटले कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु अघि बढाउने समेत जनाइएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

छ महिना भित्र जमुनिया नदिको पानीले खेती हुने

रौतहट ९ माघ । रौतहटको दक्षिणी भेगको खेतीयोग्य जमिन सिचाई गर्न जमुनी सिंचाइ आयोजनाको पानी ल्याइएने भएको छ । जमुनी नदिको पानी ६ महिनाभित्र गण्डक नहर

SITENAME

बैकहरुले एटिएम सुविधा विस्तार गरेपछि रौतहटका बासिन्दाहरु हर्षित 

  माघ ८, रौतहट । निजि क्षेत्रमा सञ्चालनमा रहेका बैकहरुले एटिएम सुविधा विस्तार गरि प्रदान गर्ने थालेपछि रौतहटका गा्रमिण भेगका बासिन्दाहरु हर्षित

SITENAME

गुणस्तरहिन सडक र पुल निर्माण हुदै

रौतहट ८ माघ । रौतहटको गौर नगरपालिकाको वडानम्बर ९ र ७ लाई जोड्ने निर्माणाधिन पुल गुणस्तरहिन रहेको आरोप स्थानीयको रहेको छ । उनीहरुले छानबिनको माग समेत