ताजा खबर

बिरुवा रोपेर बिश्व बाताबरण दिबस मनाइयो

SITENAME

रौतहट २२ जेष्ठ । प्लाष्टिक प्रदुषण निर्मुल पारौ सके पुन प्रयोग नसके बहिष्कार गरौ भन्ने नाराका साथ आज रौतहट लगायत नेपालमा पनि बिश्व बाताबरण दिबस मनाईदैछ । जिल्ला बन कार्यालय रौतहटको आयोजनामा बिभिन्न राजनैतिक पार्टी, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मीले यो दिबस सन्दर्भमा अन्तक्रिया गोष्ठि गरेर मनाएका छन । सो कार्यक्रममा उदघाटन गर्नु हुदै चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले सहभागि लाई हानिकार पदार्थमा प्लाष्टिक पर्ने भएकाले यस्को प्रयोग लाई निरुत्साहित गर्दै नगर लाई स्वच्छ बाताबरण र उज्यालो बनाउने अभियानमा सबै नगरबासी लाई लाग्न आब्हान गर्नु भएको छ । नगरले समेत आउदो आर्थीक बर्षमा बृक्षारोपण गरेर हरियाली नगर बनाउने योजनामा रहेको बताउनु भयो । प्रमुख जिल्ला बन अधिकृत दिर्घनारायण कोईरालाले बन बाट जीबिकोपार्जन समेत हुने भएकाले समय सापेक्ष बननीति परिर्बतन हुदै जाने बताउनु भयो । उहाले बनले स्वच्छ हावा दिने भएकाले यस्को संरक्षणमा सबै लाग्नु पर्ने बताउनु भयो । आज एक राष्ट्र सेबक, एक फलफुलको बिरुवाको बृक्षरोपण कार्यक्रम अन्तर्गत माटो सुहाउदो फलफुलको बिरुवा सबै कर्मचारीले रोपण गरेर यो दिबस मनाएका छन । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेर ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । बिश्व बाताबरण दिबसकै अबसरमा मुनलाईट एकेडेमीका बिद्यार्थीले बिरुवा रोपेर र नमुना सेकेण्डरी ईङ्गिलिस बोर्डिङ्ग स्कुलका बिद्यार्थीले साईकल याली गरेर यो दिबस मनाएका छन । 

प्रतिकृया दिनुहोस
SITENAME

९५ जना प्रहरी नायब उपरिक्षक र ४८ जना प्रहरी उपरिक्षक सरुवा

रौतहट १६ स्राबण । प्रहरी प्रधान कार्यालय काठमाण्डौले एकैपल्ट ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । प्रहरी नायब उपरिक्षकको सरूवा सूची

SITENAME

रौतहट लगायत देशभरनै काङ्गेसको प्रर्दशन

रौतहट १५ स्राबण । नेपाली कांग्रेसले रौतहटमा लगायत देशभरका जिल्ला सदरमुकाममा आज सरकारविरुद्ध प्रर्दशन गरेको छ । रौतहटको सदरमुकाम गौरको राईसमिलको

SITENAME

आज खिर खाएर स्राबण १५ मनाईदै

रौतहट १५ स्राबण । नेपाली परम्परा अनुसार आज स्राबण १५ गतेको दिन खिर खाएर मनाईदैछ । पश्चिम नेपालमा भने साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास गरिन्छ ।