ताजा खबर

सार्बजनिक सुनवाई कार्यक्रम सम्पन्न

SITENAME

रौतहट २२ जेष्ठ । गरिबी निबारण कार्यक्रम अन्तर्गत सामुदायिक संस्थाहरुको सार्बजनिक सुनवाई कार्यक्रम रौतहटमा सम्पन्न भएको छ । जनकल्याण बिकास केन्द्र नेपालको आयोजनामा चन्द्रनिगाहपुरमा सार्बजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो । गरिवी निवारण कोषको कार्यक्रम अन्तर्गत गरिएको सुनवाई कार्यक्रममा चन्द्रपुर नगर पालिका वार्ड नं.३,४,५ र ६ मा संचालित ४४ वटा सामुदायिक संस्थाहरुको सार्वजनिक सुनुवाई भएको हो । चन्द्रपुर नगरपालिका वडानम्बर ६ का अध्यक्ष खडग बहादुर कुश्वारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनकल्याण बिकास केन्द्र,नेपालले आफ्नो कार्यक्षेत्र भित्र पर्ने ४४ वटै सामुदायिक संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागिता रहेको थियो । बिगत १२ बर्ष देखि संचालनमा रहेका यस नगर पालिका भित्रका सामुदायिक संस्थाहरुलाई गरिवी निवारण कोषबाट जम्मा रकम रु.६ करोड ५० लाख २४ हजार २९ रुपैया प्राप्त भएकोमा अहिले आएर उक्त  रकम ११ करोड ४७ लाख ८६ हजार ५ सय ३६ रुपैया पुगेको जनाइएको छ । सो कार्यक्रमका प्रमुख अतिथि खड्ग बहादुर कुश्वारले गरिवी निवारण कोषसंग जनकल्याण बिकास केन्द्र,नेपालले सहकार्य गरी गरिवहरुको उत्थान गरेकोमा प्रशंसा गर्नु भयो । वडा अध्यक्षको हैसियतले सामुदायिक संस्थाहरुको आफुले नियमित अनुगमन तथा निरीक्षण गर्ने बताउनुभयो । संस्थाको कार्यकारी निर्देशक नरेन्द्र बहादुर रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष गौरी लामा, लेखापाल चित्रकला मगर, सामाजिक परिचालक कर्म लामाको समेत उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

रौतहटमा ध्वनी प्रदुषण नियन्त्रण हुन

रौतहट १८ माघ । रौतहटमा ध्वनी प्रदुषण नियन्त्रण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले ईजाजत बिना यान्त्रिक साधन बाट ध्वनी निष्कासन गरी

SITENAME

बालबिबाह बिरुद्ध घरदैलो अभियान

रौतहट १५ माघ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं. ४ र ६ लाई वालविवाह मुतm वडा घोषणा गर्नका लागी घरदैलो अभियान गरीएको छ । प्लान ईन्टनेशनल नेपालको

SITENAME

मुस्लिम साँसद द्धारा चार दर्जन सरस्वती मंन्दिरमा बजेट बिनियोजन गर्ने

रौतहट १५ माघ । रौतहटका एक मुस्लिम प्रदेश सांसदले चार दर्जनभन्दा बढी सरस्वती मन्दिर निर्माण गर्न बजेट बिनियोजन गर्दै जाने भएका छन । रौतहटको निर्वाचन