ताजा खबर

चन्द्रपुर नगरपालिकाको दुई वटा वडा कार्यालयको भबनको शिलान्यास

SITENAME

रौतहट २३ जेष्ठ  । रौतहटको चन्द्रपुर नगरपालिकाको दुई वटा वडा कार्यालयको भबन निर्माण हुने भएको छ । भाडाको घरमा बस्दै आएको चन्द्रपुर नगरपालिकाको चार नम्बर वडा कार्यालय र पाँच नम्बर वडा कार्यालयको भबन निर्माण हुन लागेको हो । दुबै भबन आधुनिक नक्सामा निर्माण हुन लागेको छ । निर्माण हुन लागेको दुबै भबनको आज एक समारोहका बीच चन्द्रपुर नगर कार्यपालिकाका प्रमुख रामचन्द्र चौधरीले शिलान्यास गर्नु भएको छ । एउटा भबनको लागत एक करोड लाग्ने अनुमानित बजेट तयार गरिएको छ । यस आर्थीक बर्षमा मात्रै दुबै वडा कार्यालयको भबन निर्माण लागि चन्द्रपुर नगर कार्यपालिकाले यस आर्थीक बर्षमा २०÷२० लाख बजेट बिनियोजन गरेको जनाएको छ । शिलान्यास कार्यक्रम पछि नगरप्रमुख रामचन्द्र चौधरीले भबनको गुणस्तरीयमा कसैसंग सम्झौता नहुने बताउनु भएको छ । उहाले नगर लाई सम्बृद्ध बनाउदै लैजाने क्रममा नगरपालिकाको प्रत्येक वडाको आफनै भबन बन्नु पर्दछ भन्ने मान्यता आफुले राखेको र सोही बमोजिम कार्य गर्दै आएको बताउनु भयो । उहाले गुञ्जन एफएम संग भन्नु भयो नागरिकको सेबा लिन पाउने अधिकार लाई सहजता दिन नागरिककै चाहना बमोजिक नगरकार्यपालिका अघि बढेको बताउनु भयो । चार नम्बर वडा कार्यालयको भबन जिल्ला बन कार्यालय नजिक बन्ने छ भने पाँच नम्बर वडा कार्यालयको भबन गुञ्जन एफएम नजिक बन्ने भएको छ । चार नम्बर वडाका अध्यक्ष अमर आलेले भबनको शिलान्यास गरेर मात्रै नपुग्ने र यस्को समयमै सम्पन्न हुनु पर्दछ भन्ने वडा कार्यालयको योजना रहेको बताउनु भयो । यस्तै पाँच नम्बर वडाका अध्यक्ष सञ्जय काफलेले वडाको आफनै भबन निर्माण भएपछि सेबाग्रही लाई सेबा लिन सजिलो हुने बतउनु भयो । जनता लाई पायक पर्ने स्थानमानै वडा कार्यालयको भबन निर्माण गर्न लागिएको वडा अध्यक्ष काफले बताउनु भयो । 

प्रतिकृया दिनुहोस
SITENAME

रौतहटमा डोम जाती संगठित

रौतहट ३ असाढ । रौतहटमा पहिलो पटक डोम जातीहरु संगठित भएका छन । अबसर बाट बन्चित रहदै आएका डोम समुदायहरु समाज बिकास र अधिारका लागि संगठित भएका छन ।

SITENAME

गौरमा फोटो पत्रकारिता तालिम शुरु

रौतहट ३० जेष्ठ । रौतहटको गौरमा तीन दिने आधारभुत फोटो पत्रकारिता संचालन भएको छ । नेपाल फोटो पत्रकार महासंघ रौतहटको आयोजनामा सदरमुकाम गौरको कर्मचारी

SITENAME

रौतहटको दुई बटा वडा बालबिबाह मुक्त, चार वटा वडा पुर्णखोप वडा घोषणा

रौतहट २९ जेष्ठ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ९ र १० लाई मंगलबार वाल विवाह मुतm वडा घोषणा गरिएको छ । जनसेवा नेपाल रौतहटको सहजिकरण, चन्द्रपुर