ताजा खबर

चन्द्रनिगाहपुर र सिमरामा मालपोत र नापी कार्यालय स्थापना हुने

SITENAME

रौतहट २३ जेष्ठ । स्थगन भएको मालपोत र नापी कार्यालय रौतहटको चन्दनिगाहपुर र बाराको सिमरामा स्थापना हुने भएको छ । कृषि, भुमी ब्यबस्था तथा सहकारी मन्त्रालयले ती दुबै स्थानमा आज कार्यालय स्थापना गरी संचालन गर्न मालपोत कार्यालय र नापी कार्यालय रौतहट, गौर र यस्तै मलपोत कार्यालय र नापी कार्यालय बारा, कलैयामा पत्राचार गरेसंगै संचालनमा आउने भएको हो । ०७१ असोज ३० गते नेपाल सरकारको मंन्त्रिपरिषदले निर्णय गरेपनि असहज परिश्थितीका कारण स्थगन भएको  थियो । असहज परिश्थिती भएपछि नेपाल सरकारले ०७१ फाल्गुण ११ गते र ०७१ चैत्र २० गते प्रेश बिज्ञप्ति मार्फत फिर्ता लिएकोमा प्रधानमंन्त्रि तथा मंन्त्रिपरिषदको कार्यालय ०७५ जेष्ठ २० को पत्रबाट मंन्त्रिपरिषदको निर्णयअनुसार मंन्त्रिपरिषद प्रशासन समितिको ०७१ असोज ३० को निर्णय यथाबत कायम रहेकोले सोही अनुसार कायान्वय गर्न पत्राचार गरिएको छ । कृषि, भुमी ब्यबस्था तथा सहकारी मन्त्रालयका शाखा अधिकृत मन्जु थापा द्धारा हस्ताक्षरित पत्रमा प्रधानमंन्त्रि तथा मंन्त्रिपरिषदको कार्यालयको छायापत्र सहित कार्यान्वयनको गर्न भनिएको छ । राज्य पुर्नसंरचना भएपनि नागरिकहरु लाई सहज पहुच पुरयाउन सेबाकेन्द्र बिस्तार गरिएको जनाइएको छ । रौतहट क्षेत्र नम्बर चारका प्रतिनिधि सभा सदस्य देबप्रसाद तिमल्सिनाले नागरिक लाई सहज सेबा पहुच पुरयाउनको लागि आफनो दायित्व भएकाले सोही बमोजिम निर्बाह गरेको बताउनु भयो । सदन देखि मंन्त्रि सम्म धाएर काम गराउन सफल भएको बताउनु भयो । उता नेकपाका केन्द्रिय सदस्य युबराज भट्टराई नागरिकले  छिटो छरितो सेबा पाउन भन्नको लागि सेबा केन्द्र स्थापनाको लागि पहल गरिएको बताउनु भयो । 

प्रतिकृया दिनुहोस
SITENAME

श्री कृष्ण प्रणामी धर्मालम्बीद्धारा पशु बलिरिुद्ध सचेतना कार्यक्रम आयोजना

असोज ३०, रौतहट । श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला समिती  रौतहटको  आयोजनामा चन्द्रपुरमा पशु बलिरिुद्ध मौन ¥याली निकालिएको छ। मंगलबार श्री

SITENAME

मानब सेबा केन्द्र रौतहट द्धारा शुभकामना आदान प्रदान कार्यक्रम

रौतहट २९ असोज । मानबसेबा केन्द्र रौतहटले आज दशै, दिपाबली र छठ पर्बको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । रौतहटको चन्द्रपुर–५ स्थित

SITENAME

मानबअधिकार तथा शान्ति समाज रौतहटको सभापतिमा रबिनचन्द्र कोईराला

रौतहट २९ असोज । मानबअधिकार तथा शान्ति समाज रौतहटको तेस्रो साधारण सभाले रबिनचन्द्र कोईरालाको सभापतित्वमा नया कार्यसमिति चयन गरेको छ । रौतहटको