ताजा खबर

सम्बृद्ध राष्ट्र निर्माणको लागि सहकारीको भुमिका बिषयक कार्यक्रम सम्पन्न

SITENAME

रौतहट २६ जेष्ठ । रौतहटको चन्द्रपुर– ४मा सम्बृद्ध राष्ट्र निर्माणको लागि सहकारीको भुमिका बिषयक बक्तीत्व प्रतियोगिता गरिएको छ । हातेमालो सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा चन्द्रपुर नगरपालिका भित्रको दश वटा सामुदायिक  तथा नीजि बिद्यादलयमा अध्यनरत बिद्यार्थी बीच सो बिषयमा प्रतिष्पर्धा गराइएको  थियो । जसमध्ये श्री दुर्गा माध्यमिक बिद्यालमा अध्यनरत प्रगती दाहाल प्रथम, श्री सुबलाल भागबत माध्यमिक बिद्यालमा अध्यनरत रिपेश कुमरा बैढा द्धितिय, र ॐ माध्यमिक बिद्यालमा अध्यनरत अर्जुन बिक तेस्रो भएका छन । निर्णायक मण्डलमा रहनु भएका भरत आचार्य र ठाकुर उपाध्यायले उनीहरु प्रथम, द्धितिय र त्रितिय भएको निर्णय सुनाउनु भएको हो ।प्रथम, द्धितिय र त्रितिय हुन सफल तीनै जना सहभागि लाई प्रशंसा पत्र र शैक्षिक सामग्री द्धारा पुरस्कृत गरिएको छ ।  उनीहरु लाई हातेमालो सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पुरस्कृत गरेको छ । संस्थाका अध्यक्ष दिपक घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा डिभिजन सहकारी कार्यालय गौरका प्रमुख गोपाल बरालले सहकारीको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । उहाले गरिब, बिपन्न बर्गका बासिन्दाको जीबन परिबर्तनका लागि सहकारी संस्थाको योगदान रहेको बताउनु भयो । सोही कार्यक्रममा सहायक निरिक्षक होमनाथ पहाडीले मुलुक सम्बृद्ध बन्नको लागि हरेक नागरिकको जीबनस्तर माथि उठन सक्नुपर्दछ भन्नु हुदै यस्को लागि सहकारीले सहयोग पुरयाएको बताउनु भयो । सोही कार्यक्रममा संकल्प साकोसका उपाध्यक्ष कृष्णचन्द्र पोखरेल, संचारकर्मी सञ्जय कार्कीको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन यज्ञ गौतमले  गर्नु भएको थियो । सहभागि बिद्यालयको तर्फ बाट अच्युत हुमागाईले आफनो धारणा राख्नु भएको थियो ।        

                                                    
 

प्रतिकृया दिनुहोस
SITENAME

स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानको नया कार्यसमिति चयन

रौतहट १ कार्तिक । स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानले आज नया कार्यसमिति चयन गरेको छ । बिजया दशमी, दिपाबली र छठ पर्बको उपलक्ष्यमा आज

SITENAME

श्री कृष्ण प्रणामी धर्मालम्बीद्धारा पशु बलिरिुद्ध सचेतना कार्यक्रम आयोजना

असोज ३०, रौतहट । श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला समिती  रौतहटको  आयोजनामा चन्द्रपुरमा पशु बलिरिुद्ध मौन ¥याली निकालिएको छ। मंगलबार श्री

SITENAME

नेपाल प्रेश युनियन रौतहटको अधिबेशन सम्पन्न

रौतहट २७ असोज । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वाचित हुनुभएको छ । चन्द्रपुर– २ स्थित शहिद पार्कमा भएको पाँचौ अधिवेशन बाट