ताजा खबर

हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

SITENAME

रौतहट २७ जेष्ठ । रौतहटको चन्दपुरमा रहेको माउण्टएभरेष्ट आबासिय माध्यमिक बिद्यालयको आयोजनामा आज हाजिरी जवाफ प्रतियोगिता भएको छ  । बिद्यालयको हाताभित्र भएको प्रतियोगितामा रौतहटका २३ वटा  सार्बजनिक तथा संस्थागत गरी २३  वटा बिद्यालयमा अध्यनरत बिद्यार्थीले भाग लिएका थिए । सो प्रतियोगितामा सुबलाल माध्यमिक बिदयालय प्रथम सन्तपुर, बालनिकेतन माध्यमिक बिद्यालय चन्द्रपुर द्धितिय, र ओम माध्यमिक बिद्यालय सन्तपुर त्रितिय भएका छन । प्रथम हुनेमा सुबलाल माध्यमिक बिद्यालका सुबास सापकोटा, रुपक घिमिरे, रबी साह, कृपा सापकोटा, यस्तै द्धितिय हुनेमा बालनिकेतन माध्यमिक बिद्यालयका बिजय परियार, त्रिलोक, आर्यन यादब, दिनु दर्लामी मगर, तृतिय हुनेमा बालनिकेतन आबासिय माध्यमिक बिद्यालयका अञ्जुम मोबिन, बिश्मल मिश्रा, खुस्नु यादब, राज, ओम माध्यमिक बिद्यालयका अजुर्न बिक, समिर बिक, अभिशेष साह र शिला यादब रहेका छन । सो कार्यक्रमको चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरती चौधरीले उद्धघाटन गर्नु हुदै यस्ता प्रतियोगिताले बिद्यार्थीको क्षमता बृध्दि हुने बताउनु भयो । यस्तै कार्यक्रमको बिशिष्ट अतिथि स्टेन नेपालका अध्यक्ष खिल कुमार प्रंधान, स्टेन नेपालका कोषाध्यक्ष देबेन्द्र कुमार कर्ण,स्टेन नेपालका रौतहट अध्यक्ष राजेन्द्र प्रसाद साह, माध्यमिक  बिद्यालका बिश्रामपुरका प्राध्यानाध्यापक बिश्वनाथ राउत रहनु भएको  थियो । सो कार्यक्रमको स्वागत मन्तब्य अच्युत हुमागाईले गर्नु भएको थियो भने कार्यक्रमको संचालन कृष्ण तिबारीले गर्नुभएको हो । माउण्टएभरेष्ट आबासिय माध्यमिक बिद्यालयका अध्यक्ष उमेश बास्कोटाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।                                                                                                                             

प्रतिकृया दिनुहोस
SITENAME

पत्रकार सञ्जय कार्कीलाई पत्नीशोक

साउन १९, रौतहट । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा गुञ्जन एफ एमका स्टेशन मेनेजर सञ्जय कार्कीलाई पत्नीशोक परेको छ । कार्कीको पत्नी नम्रता

SITENAME

बिद्यालयको हिसाब माग्न थाल्यो प्रहरीले

रौतहट १७ स्राबण । प्रहरीले यहाको एक बिद्यालय संग हिसाबकिताब र कागजपत्र माग गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक मनोज यादबले

SITENAME

चन्द्रपुर नगरपालिकामा अख्तियारको आँखा

रौतहट १६ स्राबण । अख्तियार दुरुपायोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाले चन्द्रपुर नगरपालिकाको जेसीबीको रकम हिनामिना सम्बन्धमा छानबिन