ताजा खबर

अपहरणमा परेका एक बालकको हत्या

SITENAME

रौतहट २८ जेष्ठ । गत शनीबार रौतहट बाट अपहरणमा परेका एक बालकको हत्या भएको छ । रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया टोल निबासी चिकित्सक दिलिप साहको १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणकारीले घर भन्दा १५ किलोमिटर टाढा गढीमाई नगरपालिका– ५ स्थित बागमती किनारमा लगेर गोली हानी हत्या गरेका छन । बालकको अपहरण भएदेखिनै प्रहरीले खोजी कार्य तिब्र पारेको थियो तर सोमबार उनका हत्या गरेको अबस्थामा शब भेटिएको छ । अहरण र हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले पाँच जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरीया–९ डुमरियाका टोल निबासी १९ वर्षीया शक्तिराय यादव, २० वर्षीया प्रविण राय यादव, २० वर्षीया सुनिल कुमार यादव र बृन्दावन नगरपालिका आखरपाथरका १८ वर्षीया विनोद कुमार पटेल, र २० वर्षीया रवी कुमार पटेल पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चर्तुभुज ओझाको नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका अपहरणकारीले बालकको परिबार संग एक करोड रुपैया फिरौती माग गर्दै आएको र नदिएपछि उनको हत्या गरेको खुल्न आएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

छ महिना भित्र जमुनिया नदिको पानीले खेती हुने

रौतहट ९ माघ । रौतहटको दक्षिणी भेगको खेतीयोग्य जमिन सिचाई गर्न जमुनी सिंचाइ आयोजनाको पानी ल्याइएने भएको छ । जमुनी नदिको पानी ६ महिनाभित्र गण्डक नहर

SITENAME

बैकहरुले एटिएम सुविधा विस्तार गरेपछि रौतहटका बासिन्दाहरु हर्षित 

  माघ ८, रौतहट । निजि क्षेत्रमा सञ्चालनमा रहेका बैकहरुले एटिएम सुविधा विस्तार गरि प्रदान गर्ने थालेपछि रौतहटका गा्रमिण भेगका बासिन्दाहरु हर्षित

SITENAME

गुणस्तरहिन सडक र पुल निर्माण हुदै

रौतहट ८ माघ । रौतहटको गौर नगरपालिकाको वडानम्बर ९ र ७ लाई जोड्ने निर्माणाधिन पुल गुणस्तरहिन रहेको आरोप स्थानीयको रहेको छ । उनीहरुले छानबिनको माग समेत