ताजा खबर

बालकको हत्या आरोपमा वडाअध्यक्ष पक्राउ

SITENAME

रौतहट २८ जेष्ठ । एक बालकको हत्या आरोपमा प्रहरीले एक जना वडाअध्यक्ष सहित ६ जना लाई पक्राउ गरेको छ । १२ बर्षिय बालकको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले कटहरिया नगरपालिका–९ का अध्यक्ष रामज्ञा प्रसाद यादब सहित ६ जना लाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उनको छोरा शक्ति यादव, कटहरिया नगरपालिका–९ डुमरियाकै प्रविण यादव, सुनिल यादव, बृन्दावन नगरपालिकाको आकरपाथर टोलका रवी पटेल र विनोद पटेल रहेका छन् भने सोही घटनाका एक जना आरोपित फरार रहेका छन । पक्राउ परेकाहरुले कटहरिया नगरपालिका–९ डुमरिया टोल निबासी दिलिप साहको १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको गएको शनीबार अपहरण गरी १५ किलोमिटर टाढा गढिमाई नगरपालिका वडा नम्बर– ५ बलुवामदनपुर टोल नजिक बागमती नदीमा लगाइएको तटबन्धको छेउबाट हत्या गरेको अबस्थामा प्रहरीले शब बरामद गरेको थियो । अपहरणकारीले एक करोड फिरौती माग गरेपनि अन्तत बालकको हत्या गरेको खुल्न आएको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धन भैरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी  निरीक्षक चर्तुभुज ओझाले बताउनु भयो । हत्याको घटना पछि कटहरिया नगरपालिकाका बासिन्दा आक्रोशित भएका छन । ठुलो संस्थामा त्यसक्षेत्रमा प्रहरी परिचालन गरिएको छ । नेपाली काग्रेसको तर्फ बाट वडाअध्यक्ष रामज्ञा प्रसाद यादब ०७४ मंसिर २१ गते भएको स्थानीय चुनाबमा ४ सय ५४ मत प्राप्त गरी बिजयी भएका हुन । अपहरण र हत्या आरोपमा जनप्रतिनिधिनै पक्राउ पर्नु दुखद रहेको स्थानीयले बताएका छन । 

प्रतिकृया दिनुहोस
SITENAME

पत्रकार सञ्जय कार्कीलाई पत्नीशोक

साउन १९, रौतहट । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा गुञ्जन एफ एमका स्टेशन मेनेजर सञ्जय कार्कीलाई पत्नीशोक परेको छ । कार्कीको पत्नी नम्रता

SITENAME

बिद्यालयको हिसाब माग्न थाल्यो प्रहरीले

रौतहट १७ स्राबण । प्रहरीले यहाको एक बिद्यालय संग हिसाबकिताब र कागजपत्र माग गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक मनोज यादबले

SITENAME

चन्द्रपुर नगरपालिकामा अख्तियारको आँखा

रौतहट १६ स्राबण । अख्तियार दुरुपायोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाले चन्द्रपुर नगरपालिकाको जेसीबीको रकम हिनामिना सम्बन्धमा छानबिन