ताजा खबर

बालक हत्या काण्डमा ११ जना पक्राउ

SITENAME

रौतहट २९ जेष्ठ । बालक हत्या काण्डमा रौतहट प्रहरीले एक जना वडाअध्यक्ष सहित एघार जना लाई म्याद थप गरेको छ । गएको शनीबार घर बाट अपहरित रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरिया निबासी १२ बर्षिय युवराज साहको हत्या गरेको घटनामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेका सोही नगरपालिकाको नौ नम्बर वडाका अध्यक्ष रामज्ञा प्रसाद यादव, उनको भाइ रामबाबु यादव, सुधिर यादव, सुनिल यादव, छोरा शक्ति यादव, बृन्दावन नगरपालिका आकडपाकरटोलका रवी पटेल, विनोद पटेल, डुमरियाकै स्थानीय प्रविण यादव, सुनिल यादव, रामसेवक यादव, र भोला यादव लाई जिल्ला अदालत गौरमा मंगलवार अपहरण तथा शरिर बंधक र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेको छ । उनीहरु लाई ६ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत गौरले अनुमति दिएको छ । यस्तै सोही घटनामा प्रयोग गरिएको हतियार प्रहरीले बरामद गरेको छ । घटनाका मुख्य आरोपी शक्ति यादबले डेरा लिएर बसेको गरुडा नगरपालिकाको एक घर बाट प्रहरीले एक थान नलकटुवा बन्दुक र त्यसमा प्रयोग हुने एक राउन्ड गोली वरामद गरेको जनाएको छ । प्रहरीले गएको आइतवार राती सोही डेरा बाट शक्ति यादब सहित रवी पटेल र विनोद पटेललाई पक्राउ गरेको थियो । घटना पछि मृतक बालकका बुवा दिलिप कुमार साहले १६ जना विरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा मंगलवार किटानी जाहेरी दिनु भएको छ । जोहरी पछि फरार सबैको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । अपहरणकारीले बालक लाई घर भन्दा १५ किलोमिटर टाढा गढिमाई नगरपालिकाको बलुवा मदनपुर स्थित बाग्मती नदि किनारामा गोलि हानी हत्या गरेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानको नया कार्यसमिति चयन

रौतहट १ कार्तिक । स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानले आज नया कार्यसमिति चयन गरेको छ । बिजया दशमी, दिपाबली र छठ पर्बको उपलक्ष्यमा आज

SITENAME

श्री कृष्ण प्रणामी धर्मालम्बीद्धारा पशु बलिरिुद्ध सचेतना कार्यक्रम आयोजना

असोज ३०, रौतहट । श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला समिती  रौतहटको  आयोजनामा चन्द्रपुरमा पशु बलिरिुद्ध मौन ¥याली निकालिएको छ। मंगलबार श्री

SITENAME

नेपाल प्रेश युनियन रौतहटको अधिबेशन सम्पन्न

रौतहट २७ असोज । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वाचित हुनुभएको छ । चन्द्रपुर– २ स्थित शहिद पार्कमा भएको पाँचौ अधिवेशन बाट