ताजा खबर

रौतहटको दुई बटा वडा बालबिबाह मुक्त, चार वटा वडा पुर्णखोप वडा घोषणा

SITENAME

रौतहट २९ जेष्ठ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ९ र १० लाई मंगलबार वाल विवाह मुतm वडा घोषणा गरिएको छ । जनसेवा नेपाल रौतहटको सहजिकरण, चन्द्रपुर नगरपालिकाको समन्वय, प्लान ईन्टनेशनलको सहयोग तथा वडा कार्यालयको संयुतm आयोजनामा वाल विवाह मुतm वडा घोषणा गरिएको हो । चन्द्रपुर १० स्थित नमुना सामुदायिक भवनको प्राङ्गणमा एक समारोहका बिच वाल विवाह मुतm वडा घोषणा गरिएको छ । घोषणा कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य धनलाल ठोकरले वडा मात्र नभई, नगर हुदै जिल्लालाईनै बालविवाह मुतm गर्न सबै लाग्नु पर्ने बताउनु भयो । बालविवाह गरे कानुनी कारवाहीको भागिदार हुने भन्दा पनि अपराधका कार्य नगर्न तर्फ जनचेतना जागृत गराउनु पर्ने उहाले बताउनु भयो । अशिक्षित, गरिवि तथा धार्मिक लगायतका कारण समाजमा वालविवाह हुने गरेको बताउदै न्युनिकरणका लागी स्थानीयस्तर सक्रिय हुनु पर्ने बताउनुभयो । उमेर नपुगि विवाहको हतार नगर्न र वालवालिकालाई शिक्षामानै जोड दिन उहाँले अभिभावकलाई सुझाव दिनुभयो । यस्तै सोहि कार्यक्रममा उज्ज्वल भविष्यको सहजिकरणमा चन्द्रपुर नगरपालिका वडा नम्वर ७, ८, ९ र १० लाई पुर्ण खोप वडा घोषणा समेत गरिएको छ । प्रमुख अतिथी प्रदेश सभा सदस्य ठोकरले पुर्ण खोप वडा घोषणा भएकोमा खुशि व्यतm गर्नुभयो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उप प्रमुख रामरति चौधरी, वडा अध्यक्ष गोविन्द दुलाल, पासपत चौधरी, बिष्णु उपे्रती, वडा सदस्यहरु, महिला स्वास्थ्य स्यमसे्विका, जनसेबा नेपालका भाग्नारयाण महतो, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । चन्द्रपुर नगरपालिका सव ईन्जिनियर अवधेशहरि भट्टराईले संञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता चन्द्रपुर नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष जयराम चौधरीले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस
SITENAME

पत्रकार सञ्जय कार्कीलाई पत्नीशोक

साउन १९, रौतहट । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा गुञ्जन एफ एमका स्टेशन मेनेजर सञ्जय कार्कीलाई पत्नीशोक परेको छ । कार्कीको पत्नी नम्रता

SITENAME

बिद्यालयको हिसाब माग्न थाल्यो प्रहरीले

रौतहट १७ स्राबण । प्रहरीले यहाको एक बिद्यालय संग हिसाबकिताब र कागजपत्र माग गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक मनोज यादबले

SITENAME

चन्द्रपुर नगरपालिकामा अख्तियारको आँखा

रौतहट १६ स्राबण । अख्तियार दुरुपायोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाले चन्द्रपुर नगरपालिकाको जेसीबीको रकम हिनामिना सम्बन्धमा छानबिन