ताजा खबर

आफैले बनाएको बस्तिका बालबालिका संग मनाईन सुन्तलीले जन्मदिन

SITENAME

रौतहट १६ जेष्ठ । रौतहटको चन्द्रपुर–८ सन्तपुरमा कलाकार कुञ्जना घिमिरे ( सुन्तली ) ले जन्मदिन मनाइएकी छिन । आफ्नो नेतृत्वमा निर्माण गरेको एकिकृत नमुना सन्तपुर बस्तिमा उनले जन्मदिन मनाएकी हुन । ०४१ असाढ १६ गते जन्मेकी कुञ्जना घिमिरे ( सुन्तली ) ले आफनो जन्मदिनमा बस्तिका बालबालिका शैक्षिक सामग्री बितरण गरेर जन्मदिन मनाएकी हुन । धुर्मुस सुन्तली फाउण्डेशनका उपाध्यक्ष तथा हाँस्यकलाकार कुञ्जना घिमिरे सुन्तलीले मुसहर बालबालिकासँग आफ्नो जन्म दिन मनाएकी हुन । मुसहर बालबालिकाले सम्मान र शुभेच्छा सहित कुञ्जनाको जन्म दिनलाई विशेष बनाइदिएका छन् । उनीहरुले गरेको सम्मानले आफूलाई भावुक बनाएको कुञ्जना घिमिरेले बताईन । उक्त बस्तीका बालबालिकामा आएको परिर्वतन देखेर आफूहरु भावुक बनेको उनले बताईन । एकिकृत नमुना बस्तिका बालबालिका नियमित पढ्न थालेको बताउदै भविष्यमा उनीहरुले केही बनेर देख्ने आफनो ईच्छा रहेको उनले बताईन । घरपरिवार र साथीहरुसंग बसेर रमाईलो गरी जन्म दिन मनाउने चाहान भएपनि यस बस्तिको मायाले यहाँसम्म आउँदा आफुलाई भावुक बनाएको उनले बताईन ।  त्यसैले जन्म दिनको अवसरमा यस बस्तिका बालबालिकालाई शैक्षिक सामग्री किनेर दिएँ, उनीहरुसँगै रमाईलो गरेर जन्म दिन मनाएको सुन्तलीले बताईन । अहिले बस्तिमा रहेको करिव ५६ बालबालिका नियमित विद्यालय जान थालेका छन् । बालविवाह, अशिक्षा, गरिबीलगायतका समस्यामा रहेका मुसहर समुदायमा धुर्मुस सुन्तली प्रवेश गरेपछि निकै परिर्वतन आएको छ । बस्ती हस्तान्तरण गरिसक्दा मुसहरहरुप्रतिको माया अझै बढेर गएकाले जन्म दिन मनाउन धुर्मुसलाई लिएर रौतहटको सन्तपुर आई पुगेको कुञ्जना घिमिरेले बताईन । सुन्तलीको जन्म दिनमा संयोगवस मुसहर बस्ती अवलोकनका लागि आएकाहरु पनि निकै खुसी थिए ।


 

प्रतिकृया दिनुहोस
SITENAME

बुगी उगी डान्सको टप थ्रिमा परेकी कबिताले भनिन मलाई मत दिएर जिताईदिनुस

रौतहट ९ स्राबण । बुगी उगी डान्स प्रतियोगिताको टप थ्रि भित्र पर्न सफल सर्लाहीको चेली कबिता परियारले आज चन्द्रनिगाहपुरमा आफनो नृत्यु प्रस्तुत गरिन ।

SITENAME

फिल्म आर पारको शुभ मुहुर्त

राही चन्चल रौतहट ९ साउन । समाजमा रहेको विकृतिलाई न्युनिकरण गर्ने उदेश्यले भोजपुरी भाषामा फिल्म आर पार बन्ने भएको छ । नेपाल पत्रकार महासंघ रौतहट, गौरको

SITENAME

हास्यकलाकार मदन श्रेष्ठ लाई पत्नि बियोग

काठमाण्डौ २० चैत्र । बरिष्ठ हांस्य ब्यङग कलाकार मदनकृष्ण श्रेष्ठको धर्म पत्नी एशोदा श्रेष्ठ सोमबार राती निधन भएको छ । उपचारकै क्रममा कलाकार श्रेष्ठ