ताजा खबर

रौतहटको दुई स्थानमा ईलाका प्रहरी कार्यालय स्थापना हुने

SITENAME

काठमाण्डौ १ स्राबण । नेपाल प्रहरीले रौतहटको दुई स्थान सहित ३० स्थानमा नयाँ कार्यालय स्थापना गर्ने भएको छ । प्रहरीमा दरबन्दी थप गरेसँगै सरकारले आबश्यक स्थानमा नया कार्यालय स्थापनाको तयारी गरेको हो । नया थप हुने कार्यालयमा ४ वटा नगरपालिका र २६ गाउपालिका रहेको प्रहरी प्रबक्ता प्रहरी बरिष्ठ उपरिक्षक शैलेस थापा क्षेत्रीले जानकारी दिनु भयो । रौतहटको मौलापुर र देबाही गोनाही नगरपालिकामा क बर्गको ईलाका प्रहरी कार्यालय स्थापनाको तयारी रहेको छ । रौतहटको एउटा ईलाका प्रहरी कार्यालयमा प्रहरी निरिक्षकको नेतृत्वमा ४५ जनाको दरबन्दि कायम गरिने भएको हो । फरक भुगोल र स्थानमा थप हुने नया प्रहरी कार्यालयमा सोही अनुसारको दरबन्दि कायम गरिने भएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा १४ वटा तथा प्रहरी नायब निरीक्षकको नेतृत्वमा १६ वटा ईलाका प्रहरी कार्यालय स्थापनाको गृहकार्य भैरहेको जनाइएको छ ।  नया स्थापना हुने ३० वटा प्रहरी कार्यालयका लागि एक हजार ६५ जनाको दरबन्दी कायम गरिने भएको छ । यसैबीच नेपाल प्रहरीले संघीय संरचना अनुसार थप गरेको प्रहरी कार्यालयहरु प्रहरी प्रमुखको जिम्मेबारीमा सरुवा गरेको छ । सातै प्रदेशमा ट्राफिक कार्यालय, दंगा नियन्त्रण गण, सशस्त्र प्रहरी गण तथा विपद् व्यवस्थान कार्यदल रहने छ । प्रमुखको जिम्मेबारीमा सरुवाहुनेमा प्रहरी उपरिक्षक उमाशंकर पञ्जियार लाई प्रदेश नम्बर २ को सशस्त्र प्रहरी गण जनकपुर र गोविन्दप्रसाद साहलाई दंगा नियन्त्रण गण जनकपुर यस्तै प्रहरी उपरिक्षक नवीन राईलाई प्रदेश नम्बर ३को ट्राफिक कार्यालय मुङ्गलिन, लोकेन्द्र श्रेष्ठलाई प्रदेश नम्बर ४ को दंगा नियन्त्रण गण तनहुँ, वीरेन्द्र कुमार बश्याललाई प्रदेश नम्बर ४ को ट्राफिक कार्यालय तनहुँ र प्रहरी उपरिक्षक वीरबहादुर ओलीलाई प्रदेश नम्बर ५ को सशस्त्र प्रहरी गण कोहलपुरमा सरुवा गरिएको जनाइएको छ । साथै मंगलबारदेखि ७ वटा संघीय प्रहरी इकाई पनि खारेज गरिएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी मुडभेडमा एक जनाको मृत्यु

रौतहट ९ माघ । सप्तरीमा बुधबार बिहान प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी नजिकै प्रदेश प्रहरी कार्यालय कार्यालय जनकपुरबाट

SITENAME

पाँच बर्ष देखी फरार अभियुक्त रौतहटमा पक्राउ 

माघ ६, रौतहट । हात हतियार खरखजाना मुद्धामा सजाय पाएर पाँचबर्ष देखी फरार रहेका एकजना अभियुक्त लाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको हरैया घर भएका

SITENAME

आफनै भारीले थिचिएर ओली सरकार सिध्दिने गगन थापा

रौतहट १४ पौष । प्रजातान्त्रिक बिचार केन्द्रले शनीबार बीपि कोईरालाको राजनीतिक एबम साहित्यिक यात्रा बीपी एक ब्यक्तित्व अनेक कार्यक्रम गरेको छ ।