ताजा खबर

पत्रकार लाई पराजय गर्दै स्वास्थ्यकर्मी बिजयी

SITENAME

रौतहट २ स्राबण । रौतहटको चन्द्रनिगाहपुरमा स्वास्थ्यकर्मी र पत्रकार बीच एक दिने मैत्रीपुण फुटबल खेल भएको छ । स्वर्गीय शेर बहादर दर्लामी स्मृती खेल मैदानमा भएको प्रतियोगितामा दुईका बिरुद्ध पाँच गोल गर्दै स्वास्थ्यकर्मी बिजयी भएको हो । चन्द्रनिगाहपुर अस्पताल प्रालिका स्वास्थ्यकर्मी र चन्द्रनिगाहपुरका पत्रकार बीच मैत्रिपुर्ण खेल भएको हो । चन्द्रपुर अस्पताल प्रालिको स्वास्थ्यकर्मीको तर्फ बाट ओमप्रकाश चौधरीले तीन गोल गर्न सफल भएका हुन भने चन्दन चौधरीले २ गोल गरेर बिजयी हुन सफल भएका हुन । उता पत्रकारको तर्फ बाट फिरोज श्रेष्ठ र अरुण लामा एक एक गोल गरेर खेलअबधिभर दुई गोल गरेका हुन । अत्यन्तै रोमान्चकारी र कडा मिहिनेतमा दुबै तर्फका खेलाडीको प्रस्तुती रहेको थियो । अभ्यास बिनानै खेलिएको फुटबलमा दुबैतर्फको खेलाडीको पास भने मिल्न सकेको थिएन । यद्यपी कमजोर डिफेन्सको फाईदा उठाउदै चन्द्रनिगाहपुर अस्पताल प्रालिका स्वास्थ्यकर्मी बिजयी हुन सकेका हुन । चन्द्रनिगाहपुर अस्पताल प्रालिका डाक्टर सुबास चौधरीको कप्तानी र पत्रकार तर्फ सुब्बा कार्कीको कप्तानीमो प्रतियोगिता भएको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल वान डे ‘डेब्यू’ खेलमा ५५ रनले पराजित

काठमाण्ठौ १७ स्राबण । अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा नेदरल्यान्ड संग नेपाल पराजित भएकोे छ । १९० रनको लक्ष्य पछ्याएको नेपाल ५५ रनले पराजित

SITENAME

राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि पौडेल बनिन मुन ड्रप्स वेभरेजको ब्राण्ड एम्बास्डर

रौतहट १५ स्राबण । मुन ड्रप्स वेभरेज कम्पनी प्राईभेट लिमिटेडले आज राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि कुमारी पौडेल लाई ब्राण्ड एम्बास्डरमा नियुक्त

SITENAME

भुटानमा हुने साफ यू–१५ महिला च्याम्पियनसिपका लागि रुौतहटका सात खेलाडी

रौतहट १५ स्राबण । राष्ट्रिय यू–१५ महिला फुटबल टिममा रौतहटका सात जना खेलाडी छनौट भएका छन । भुटानको थिम्पुमा हुने यू–१५ महिला फुटबल प्रतियोगिताको