ताजा खबर

सडक निर्माण गर्ने क्रममा कुटपटि, पक्राउ परेका रिहा

SITENAME

रौतहट ४ स्राबण । कुटपिटको आरोपमा पक्राउ परेका तीन जना लाई ईलाका प्रहरी कार्यालयले रिहा गरेको छ । नीजि जग्गा बाट सडक निर्माण गर्ने बिषयमा छलफलमा बोलाइएका लाई एकपक्षियढङ्गले कुटपिट र १३ वटा मोटरसाईकल तोडफोड गरेको आरोपमा पक्राउ परेका बृन्दाबन नगरपालिका–४ हर्दिया निबासी नागेन्द्र यादब, लालबाबु यादब र धर्मेन्द्र राय यादब लाई प्रहरीले पक्राउ गरेको केही समयमानै रिहा गरेको जनाइएको छ । बृन्दाबन नगरपालिका–४ हर्दिया निबासी सोनलाल साहको नीजि जमिन बाट सडक निर्माण गर्नु पर्ने भन्दै उनी सहित बीरेन्द्र राय यादब, सुरेस प्रसाद यादब, सुबिता देबी, रामनारायण यादब, फुलबती देबी लाई मरणासन्न हुने गरी कुटपिट भएको छ । उनीहरु मध्ये सोनलाला साहको पाटन अस्पताल, बीरेन्द्र राय यादबको रोशनअली ट्रमा सेन्टर बीरगज, सुरेस प्रसाद यादबको चन्द्रनिगाहपुर अस्पताल प्रालि, सुबता देबी, रामनारायण यादब र फुलबती देबीको हेल्पलाईन गरुडामा उपचार भैरहेको पीडितहरुले जनाएका छन । बृन्दाबन नगरपालिका– ४ का वडा अध्यक्ष श्यामनन्दन राय यादब सहितको समु्हले उनीहरु माथि कुटपिट गरेको स्थानीय रामबशिष्ट यादबको भनाई रहेको छ । खेतमा जाने सडक निर्माणको बिषय लाई वडाअध्यक्ष श्यामनन्दन यादबले छलफलमा बोलाएपछि एक्कासी, ढुङ्गा, मुडा र लाठि बाट कुटपिट गरेको उनको भनाई रहेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार जग्गाको बिषयमा वडाअध्यक्ष श्यामनन्दन यादबको नेतृत्वमा १ सय ५० जना बीच छलफलको क्रममा दुबैपक्ष बीच एक्कासी ढुङ्गा प्रहार गरेर झगडा भएको हो । ईलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरिक्षक अशोक सिहको उपश्थिती रहदा रहदै समेत उनीहरुमाथि कुटपिट भएको यादबको भनाई रहेको छ । कुटपिट गर्ने क्रममा उक्त समुहले ना ५० प ५५७१, ना ३५ प ४४४३, ना ४४ प ५११८ नम्बर सहित १३ वटा मोटरसाईकल तोडफोड भएको छ । तोडफोड भएको मोटरसाईकल ईलाका प्रहरी कार्यालय गरुडामा रहेको छ । पक्राउ परेका लाई रिहा गरेको बिषयमा ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक चर्तुभुज ओझाले दुबैपक्षको सहमतिमा रिहा गरेको बताउनु भयो । 


 

प्रतिकृया दिनुहोस
SITENAME

स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानको नया कार्यसमिति चयन

रौतहट १ कार्तिक । स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानले आज नया कार्यसमिति चयन गरेको छ । बिजया दशमी, दिपाबली र छठ पर्बको उपलक्ष्यमा आज

SITENAME

श्री कृष्ण प्रणामी धर्मालम्बीद्धारा पशु बलिरिुद्ध सचेतना कार्यक्रम आयोजना

असोज ३०, रौतहट । श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला समिती  रौतहटको  आयोजनामा चन्द्रपुरमा पशु बलिरिुद्ध मौन ¥याली निकालिएको छ। मंगलबार श्री

SITENAME

नेपाल प्रेश युनियन रौतहटको अधिबेशन सम्पन्न

रौतहट २७ असोज । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वाचित हुनुभएको छ । चन्द्रपुर– २ स्थित शहिद पार्कमा भएको पाँचौ अधिवेशन बाट