ताजा खबर

फिल्म आर पारको शुभ मुहुर्त

SITENAME

राही चन्चल
रौतहट ९ साउन । समाजमा रहेको विकृतिलाई न्युनिकरण गर्ने उदेश्यले भोजपुरी भाषामा फिल्म आर पार बन्ने भएको छ । नेपाल पत्रकार महासंघ रौतहट, गौरको सभाहलमा फिल्मको मुहुर्त गरिएको हो । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र साहले क्यामरा एक्सन भनेर मुर्हुत गर्नु भएको हो । उहाले निर्माण हुन लागेको आरपार फिल्मको ब्यानर सार्बजनिक अनि मैनबती बालेर समेत फिल्मको शुभारम्भ भएको घोषणा गर्नु भएको हो । सुधिर ईन्टरटेनमेन्ट प्राईभेट लिमिटे बाट निर्माण हुन लागेको फिल्म आर पारको निर्देशन जनक राम न्योपानेले गर्ने हुनु भएको छ । फिल्ममा स्थानीय कलाकार सुरज मिश्रा, रणधिर सहनी नायकको भुमिकामा रहेका छन् भने खलनायकको भुमिकामा पत्रकार राही चञ्चल रहने हुनु भएको छ । साथै नायिकाको रुपमा श्वेता शर्मा रहेको र महिला कलाकारमा एलिना भट्ट, किरण ठाकुर, अपर्णा झा, तोहफा अर्चनम लगायतका रहेका छन् । साथै राहुल सिंह, संतोष यादब, नेक महमद हुसैन, रामविश्वास मुखिया, विवेक राज, देव देहाती, दिलिप दिलदार, राजेश गुप्ता, पिन्टु श्रीवास्तव, गौतम झाले आफनो अभिनय प्रस्तुत गर्ने भएका छन् । मुहुर्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि पत्रकार महासंघ रौतहटका अध्यक्ष साह फिल्मको उतरोत्तर प्रगतिको साथै कलाकारहरुको उज्ज्वल भविष्य को कामना गर्नु भयो । साथै फिल्ममा पत्रकारिता क्षेत्रमा रहेका पत्रकारहरुको समेत अभिनय हुनु खुशीको कुरा भएको बताउनु भयो । कार्यक्रममा फिल्ममा नायकको भुमिकामा रहेको सुरज मिश्राले आफु चाहिँ ग्रामीण क्षेत्रबाट आएकोले हाम्रो समाजमा रहेको समस्यामा अधारित फिल्म बनाउन लागेको बताउदै यसमा तपाई सबैजनाको सहयोगको आवश्यक्ता रहेको बताए ।

प्रतिकृया दिनुहोस
SITENAME

बुगी उगी डान्सको टप थ्रिमा परेकी कबिताले भनिन मलाई मत दिएर जिताईदिनुस

रौतहट ९ स्राबण । बुगी उगी डान्स प्रतियोगिताको टप थ्रि भित्र पर्न सफल सर्लाहीको चेली कबिता परियारले आज चन्द्रनिगाहपुरमा आफनो नृत्यु प्रस्तुत गरिन ।

SITENAME

आफैले बनाएको बस्तिका बालबालिका संग मनाईन सुन्तलीले जन्मदिन

रौतहट १६ जेष्ठ । रौतहटको चन्द्रपुर–८ सन्तपुरमा कलाकार कुञ्जना घिमिरे ( सुन्तली ) ले जन्मदिन मनाइएकी छिन । आफ्नो नेतृत्वमा निर्माण गरेको एकिकृत नमुना

SITENAME

हास्यकलाकार मदन श्रेष्ठ लाई पत्नि बियोग

काठमाण्डौ २० चैत्र । बरिष्ठ हांस्य ब्यङग कलाकार मदनकृष्ण श्रेष्ठको धर्म पत्नी एशोदा श्रेष्ठ सोमबार राती निधन भएको छ । उपचारकै क्रममा कलाकार श्रेष्ठ