ताजा खबर

नेपाल एपिएफ क्लब संग रौतहट पराजित

SITENAME

रौतहट ११ स्राबण ।  लगातार दोस्रो खेल जीतेको रौतहटले उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगको शुक्रबारको खेलमा नेपाल एपिएफ क्लब संग पराजित भएको छ । तेस्रो खेलमा रौतहटको यो पहिलो हार हो । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल एपिएफ क्लब संग ७–० ले रौतहट पराजित भएको हो । नेपाल एपिएफ क्लबका लागि सावित्रा भण्डारीले ४, सरु लिम्बुले २ र अनिता बस्नेतले १ गोल गरेर आफनो टिम लाई फराकिलो अन्तरले बिजयी गराएका हुन । छैटों मिनेटमा सरु लिम्बुले आफनो टिमको लागि खाता खोलेकी थिईन भने सावित्रा भण्डारीले ३० औं मिनेटमा गोल गरिन् । सरुले ४० औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा नेपाल एपिएफ क्लबले ३–० ले अग्रता लिएकोे थियो । दोस्रो हाफमा  ४ गोल गरेको नेपाल एपिएफ क्लबका साबित्राले १ मिनेटको फरकमा दुई गोल गदै प्रतियोगितामा दोस्रो हाट्रिक पुरा गरेकी हुनु । खेलको ५४ औं र ५५ औं मिनेटमा सावित्राले गोल गरेकी थिइन् । अनिताले भने ७९ औं मिनेटमा गोल गर्दा एपिएफले ६–० को अग्रता लिएको थिया भने खेलको इन्जुरी समयको दोस्रो मिनेटमा अर्को गोल थपेकी सावित्रा खेलको वमन अफ दी म्याच भइन् ।

प्रतिकृया दिनुहोस
SITENAME

तेस्रो सहिद स्मृति फुटबल प्रतियोगिता चन्द्रपुर अस्पताल बिजयी

रौतहट २७ असोज । अखिल नेपाल मजदुर संघ रौतहटद्वारा आयोजित तेस्रो शहिद स्मृति नकआउट फुटबल प्रतियोगिताको बिजयी चन्द्रपुर अस्पताल बनेको छ । जिल्ला फुटवल

SITENAME

नेपाल वान डे ‘डेब्यू’ खेलमा ५५ रनले पराजित

काठमाण्ठौ १७ स्राबण । अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा नेदरल्यान्ड संग नेपाल पराजित भएकोे छ । १९० रनको लक्ष्य पछ्याएको नेपाल ५५ रनले पराजित

SITENAME

राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि पौडेल बनिन मुन ड्रप्स वेभरेजको ब्राण्ड एम्बास्डर

रौतहट १५ स्राबण । मुन ड्रप्स वेभरेज कम्पनी प्राईभेट लिमिटेडले आज राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि कुमारी पौडेल लाई ब्राण्ड एम्बास्डरमा नियुक्त