ताजा खबर

रौतहटको दुई स्थानमा ईलाका प्रहरी कार्यालयको स्थापना

SITENAME

रौतहट १४ स्राबण । रौतहटको दुई नगरपालिकामा सोमबार ईलाका प्रहरी कार्यालयको स्थापना भएको छ । बिकासको पुर्बाधार निर्माण हुदै गरेको देबाही गोनाही नगरपालिका र मौलापुर नगरपालिकामा नया निकास भएको ईलाका प्रहरी कार्यालयको स्थापना भएको हो । दुबै स्थानको ईलाका प्रहरी कार्यालय संचालनको शुभारम्भ रौतहटको निर्बाचन क्षेत्रनम्बर ३ का प्रतिनिधि सभा सदस्य प्रभु साहले गर्नु भएको हो । नेपाल सरकारले प्रत्येक स्थानीय तहमा बैकको स्थापना गर्दै जाने नीति लिएअनुरुप सुरक्षाको लागि समेत सो स्थानमा प्रहरी निरिक्षक प्रमुख रहने गरी ईलाका प्रहरी कार्यालयको स्थापना गरिएको हो । अस्थायी प्रहरी पोष्टको कार्यालय रहेको मौलापुरमा ईलाका प्रहरी कार्यालय र देबाही गोनाही नगरपालिका– ८ स्थित गोनाही बजार स्थित गाबिसको भबनमा ईलाका प्रहरी कार्यालयको स्थापना गरिएको छ । मौलापुर नगरपालिकामा मालपोत र नापी कार्यालयको सेबाकेन्द्र स्थापना भैसकेको छ भने ईलाका प्रशासन कार्यालयको स्थापनाको लागि आबश्यक गृह कार्यसमेत भैरहेको बताइएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा दुवै ईलाका प्रहरी कार्यालयमा ४५÷४५ जनाको दरबन्दी रहेको भएपनि तत्काल प्रहरी सहायक निरीक्षकको कमाण्डमा सेवा सुुचारु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सो कार्यालय स्थापना कार्यक्रमका प्रमुख अतिथि पुर्र्बमन्त्री एबम प्रतिनिधि सभा सदस्य प्रभु साहले नागरिकको सुरक्षा प्रदान गर्नु राज्यको कर्तब्य भएकाले आबश्यक्ता भएका स्थानमा प्रहरी कार्यालयको स्तर बृध्दि गर्दै जानु सराहनीय कार्य भएको बताउनु भयो । प्रतिनिधि सभा सदस्य साहले सबल सुरक्षा ब्यबस्थाको लागि स्थापना भएका कार्यालय बाट प्रत्येक नागरिकले सुरक्षाको अनुभुति गर्ने बताउनु भयो । ईलाका प्रहरी कार्यालय स्थापना कार्यक्रम प्रदेश सभा सदस्य कुन्दन कुश्वाहा, देवाही गोनाही नगरपालिका प्रमुख धर्मेन्द पटेल, मौलापुर नगरपालिकाका प्रमुख रीना कुमारी साह, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, प्रहरी उपरिक्षक केदार ढकाल, देबाही गोनाही नगरपालिकाका उपप्रमुख परनिया देवी मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर जयसवाल लगायतको उपश्थित रहेको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

आर्थीक बर्ष सकिएको ६ महिनामा पनि पाच तहले नगरसभा गरेनन

रौतहट २ पौष । रौतहटका पाँच स्थानीय तहले दोस्रो नगर सभा गर्न सकेका छैनन । नगरसभा गरेका स्थानीय तहले भने बिकासको गति दिन सकेका छैनन । जनप्रतिनिधिहरुमा

SITENAME

प्रदेश २ मा नेकपाको प्रदेश कमिटीको सपथ ग्रहण

  प्रदेश २ मा नेकपाका प्रदेश सदस्यहरुको सपथ ग्रहण  मंसिर २७, रौतहट । नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले पछिल्लो समय प्रदेश दुई

SITENAME

गत आर्थीक बर्षमा चन्द्रपुर नगरपालिकाको अधिकास योजनामा अनियमिता

रौतहट २४ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकाका अधिकास योजनामा अनियमितता भएको छानबिन समितिको प्रतिबेदनले औल्याएको छ । सफा र सभ्य चन्द्रपुर हाम्रो