ताजा खबर

आज खिर खाएर स्राबण १५ मनाईदै

SITENAME

रौतहट १५ स्राबण । नेपाली परम्परा अनुसार आज स्राबण १५ गतेको दिन खिर खाएर मनाईदैछ । पश्चिम नेपालमा भने साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास गरिन्छ । तर आजको दिन लाई कृषकहरुले धान रोपाई सकिन लागेको या सकिएको दिनको सम्झनामा खिर खाएर मनाईने गरिन्छ । शिबपुजन महिनाको रुपमा स्राबण महिना भएकाले शिबभक्तहरुले यो एक महिना सम्म माछा मासु नखाएर दुधको परिकार खाएर भगवान शिबको पुजाआराधानामा रहने गरेको पाइएको छ । साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता हिन्दुधर्माबल्मिमा भएकाले समेत यो महिना भारतमा समेत दुधको परिकार र खिर खाने चलन रहेको बताइएको छ । वर्षायाममा पानीले भिजेको शरीरलाई निरोगी बनाई थप उर्जा प्रदान गर्ने उद्देश्यले साउन १५ लाई खिर खाने दिनको रुपमा मान्ने प्रचलन रहदै आएको छ । गर्मी महिनामा शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनको लागि साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खासगरी खीर खाने चलन छ । नेपाली परम्परामा भने बर्षमा प्रायजसो महिनाको मौसमअनुसार हरेक प्रकारका भोजन लाई प्रयोगमा ल्याउने प्रचलन रहेको पाईन्छ । अक्षय तृतीयाका दिन जौको सातु र सर्बत खाने, धार्मीक मान्यता नभए पनि पहिलेदेखीनै असार १५ गते दही चिउरा खाने चलन, साउन १५मा खिर खाने, कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, मंसिर १५ मा न्वागी खाने तथा पुस १५ मा घिउ खट्टे खाने, माघ १५मा मालपुवा खाने चलन रहेको छ । यस्तै हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूर्णिमाका दिन नौथरी गेडागुडी मिसाएको क्वाँटी खाने, मंसिर पूर्णिमामा योमरी खाने चलन विशेष गरि नेवार समुदायमा रहेको पाईन्छ । भगवान श्री कृष्णले एकदिन साधारण साधूको भेष बदलिएर एउटा राजासंग बाघचाल खेल्दा बिजय हासिल गरेमा बिभिन्न मन्दिरहरुमा रहेका गरिब दीन दुखीहरुलाई निशुल्क खिर खुवाउने शर्त राखेबमोजिम भएको बाघचाल खेलमा भगवान श्री कृष्णले राजामाथि बिजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरुमा दीनदुखिहरूलाई खिर प्रसादका रुपमा बाँड्ने चलन रहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

आर्थीक बर्ष सकिएको ६ महिनामा पनि पाच तहले नगरसभा गरेनन

रौतहट २ पौष । रौतहटका पाँच स्थानीय तहले दोस्रो नगर सभा गर्न सकेका छैनन । नगरसभा गरेका स्थानीय तहले भने बिकासको गति दिन सकेका छैनन । जनप्रतिनिधिहरुमा

SITENAME

प्रदेश २ मा नेकपाको प्रदेश कमिटीको सपथ ग्रहण

  प्रदेश २ मा नेकपाका प्रदेश सदस्यहरुको सपथ ग्रहण  मंसिर २७, रौतहट । नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले पछिल्लो समय प्रदेश दुई

SITENAME

गत आर्थीक बर्षमा चन्द्रपुर नगरपालिकाको अधिकास योजनामा अनियमिता

रौतहट २४ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकाका अधिकास योजनामा अनियमितता भएको छानबिन समितिको प्रतिबेदनले औल्याएको छ । सफा र सभ्य चन्द्रपुर हाम्रो