ताजा खबर

राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि पौडेल बनिन मुन ड्रप्स वेभरेजको ब्राण्ड एम्बास्डर

SITENAME

रौतहट १५ स्राबण । मुन ड्रप्स वेभरेज कम्पनी प्राईभेट लिमिटेडले आज राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि कुमारी पौडेल लाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।  रौतहटको चन्द्रपुर–५ मा रहेको मुन ड्रप्स वेभरेज कम्पनी प्राईभेट लिमिटेडले बार्षिक १ लाख ५० हजार पारिश्रमिक पाउने गरी ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो । कम्पनी द्धारा आज आयोजित कार्यक्रममा दुबैपक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि राष्ट्रिय फुटबल खेलाडी पौडेल ब्राण्ड एम्बास्डरमा नियुक्त भएकी हुन । कम्पनीका कार्यकारी निर्देशक दिपक कुमार साहले भने फुटबल खेल बाट अन्तराष्ट्रियस्तरमै देशको नाम राख्न सफल भएकी लक्ष्मि कुमारी पौडेल लाई ब्राण्ड एम्बास्डरमा नियक्त गर्न पाउनु कम्पनीको शौभाग्य रहेको बताउनु भयो । रौतहटकै खेलाडी भएकी पौडेल रौतहटकी सान भएकीले पनि आफनो रौतहटकै कम्पनी भएकाले ब्राण्ड एम्बास्डर नियुक्त गरेको कम्पनीको कार्यकारी निर्देशक साहले बताउनु भयो । पानी उत्पादन गर्दै आएको कम्पनीले खेलक्षेत्रमा आबद्ध खेलाडीको प्रोत्साहनका लागि लगानी गरेको कार्यकारी निर्देशक साहले बताउनु भयो । ०६० साल देखि रौतहटको भुमिमा फुटबल खेल्दै आएकी लक्ष्मि कुमारी पौडेलको प्रतिभा लाई कदर गर्दै ससस्त्र प्रहरीको एपिएफ कल्बले ०६३ साल देखि आफनो क्लबमा आबद्ध गराएको थियो । सोही समय देखि उहाले ब्यबसायिक फुटबल खेल्दै राष्ट्रिय र अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा भाग लिदै आउनु भएको थियो । ससस्त्र प्रहरीको सहायक हबल्दार सम्म भएकी पौडेलले अन्तराष्ट्रिय स्तरको साग खेल–२ पटक, साफ च्याम्पियनसिप–२ पटक, ईन्टरनेशनल फ्रेन्डिली–२ पटक, ईक्वल प्लेईग फिल्ड जोर्डन क्वोरष्ट २०१८–१ पटक भाग लिसक्नु भएको छ । श्रीलंका, बङ्गलादेश, कतार, कुबेत, जोर्डन, भारत लगायतका देशमा भएको फुटबल प्रतियोगितामा पौडेलले भाग लिइसक्नु भएको छ । सो प्रतियोगितामा उहाले अन्तराष्ट्रिय पदक र मेडल अनगिन्ति प्राप्त गरिसकेकी छिन । उनको खेलले स्थानीय र राष्ट्रिय रुपमा मात्र नभएर सामाजिक सञ्जाल र संचारमाध्यममा चर्चा समेत बटुलेकी छिन । ब्राण्ड एम्बास्डरमा नियुक्त भएपछि लक्ष्मि कुमारी पौडेलले भन्नु भयो यो अबसर प्रदान गरिदिएकोमा कम्पनी प्रती आभार प्रकट गर्नु भएको छ । यस्लाई आफुले खेल प्रति कम्पनीको लगानीको रुपमा लिएको बताउनु हुदै यस्लाई आफुले सदुपयोगको रुपमा लिने गुञ्जन एफएम लाई बताउनु भयो । 

प्रतिकृया दिनुहोस
SITENAME

तेस्रो सहिद स्मृति फुटबल प्रतियोगिता चन्द्रपुर अस्पताल बिजयी

रौतहट २७ असोज । अखिल नेपाल मजदुर संघ रौतहटद्वारा आयोजित तेस्रो शहिद स्मृति नकआउट फुटबल प्रतियोगिताको बिजयी चन्द्रपुर अस्पताल बनेको छ । जिल्ला फुटवल

SITENAME

नेपाल वान डे ‘डेब्यू’ खेलमा ५५ रनले पराजित

काठमाण्ठौ १७ स्राबण । अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा नेदरल्यान्ड संग नेपाल पराजित भएकोे छ । १९० रनको लक्ष्य पछ्याएको नेपाल ५५ रनले पराजित

SITENAME

भुटानमा हुने साफ यू–१५ महिला च्याम्पियनसिपका लागि रुौतहटका सात खेलाडी

रौतहट १५ स्राबण । राष्ट्रिय यू–१५ महिला फुटबल टिममा रौतहटका सात जना खेलाडी छनौट भएका छन । भुटानको थिम्पुमा हुने यू–१५ महिला फुटबल प्रतियोगिताको