ताजा खबर

९५ जना प्रहरी नायब उपरिक्षक र ४८ जना प्रहरी उपरिक्षक सरुवा

SITENAME

रौतहट १६ स्राबण । प्रहरी प्रधान कार्यालय काठमाण्डौले एकैपल्ट ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । प्रहरी नायब उपरिक्षकको सरूवा सूची बुधकार प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको हो । सरुवा भएका प्रहरी नायब उपरिक्षकको ०७५ स्राबण महिनाको देखिको तलब, भता समेत हाल सरुवा भएको दरबन्दि बाट खान पाउने गरी सरुवा भएको प्रहरी प्रधान कार्यालय काठमाण्डौले जनाएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक शान्तिराज कोईरालाको महानगरिय प्रहरी कार्यालय परिचालन कक्ष प्रशासन रानीपोखरी काठमाण्डौ, र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक राम कुमार दानीको प्रहरी प्रधान कार्यालय ट्राफिक प्रहरी निर्देशनालय काठमाण्डौमा सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया बाट प्रहरी नायब उपरिक्षक युबराज खडकाको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला प्रहरी कार्यालय काभ्रे बाट प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासीनिको जिल्ला प्रहरी कार्यालय रौतहटमा सरुवा भएको छ । यस्तै प्रहरी प्रधान कार्यालय काठमाण्डौले बुधबारनै ४८ जना प्रहरी उपरिक्षकको सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रबिन्द्र केसीको महानगरिय प्रहरी कार्यालय तालिम अन्वेषण बिकास तथा समन्वय शाखा रानीपोखरी काठमाण्डौमा सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय यूएन शाखा बाट प्रहरी उपरिक्षक केदार ढकालको जिल्ला प्रहरी कार्यालयमा रौतहटमा सरुवा भएको छ । प्रहरी उपरिक्षक केदार ढकाल दुई साता अघि मात्रै काजसरुवामा रौतहट हाजिर भएका थिए । जिल्ला प्रहरी कार्यालय बर्दिया बाट प्रहरी उपरिक्षक जनक भट्टराईको प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयमा सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय महोतरी बाट प्रहरी उपरिक्षक कुबेर कडायतको सुदुरपश्चिम क्षेत्रिय सशस्त्र प्रहरी गण धनगढीमा सरुवा भएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

श्री कृष्ण प्रणामी धर्मालम्बीद्धारा पशु बलिरिुद्ध सचेतना कार्यक्रम आयोजना

असोज ३०, रौतहट । श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला समिती  रौतहटको  आयोजनामा चन्द्रपुरमा पशु बलिरिुद्ध मौन ¥याली निकालिएको छ। मंगलबार श्री

SITENAME

मानब सेबा केन्द्र रौतहट द्धारा शुभकामना आदान प्रदान कार्यक्रम

रौतहट २९ असोज । मानबसेबा केन्द्र रौतहटले आज दशै, दिपाबली र छठ पर्बको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । रौतहटको चन्द्रपुर–५ स्थित

SITENAME

मानबअधिकार तथा शान्ति समाज रौतहटको सभापतिमा रबिनचन्द्र कोईराला

रौतहट २९ असोज । मानबअधिकार तथा शान्ति समाज रौतहटको तेस्रो साधारण सभाले रबिनचन्द्र कोईरालाको सभापतित्वमा नया कार्यसमिति चयन गरेको छ । रौतहटको