ताजा खबर

नेपाल वान डे ‘डेब्यू’ खेलमा ५५ रनले पराजित

SITENAME

काठमाण्ठौ १७ स्राबण । अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा नेदरल्यान्ड संग नेपाल पराजित भएकोे छ । १९० रनको लक्ष्य पछ्याएको नेपाल ५५ रनले पराजित बनेको हो । सहज लक्ष्य पछ्याएको नेपालको सुरुवात राम्रो भएतापनि मध्यक्रमको ब्याटिङ नचल्दा १२९ रनमा अल आउट भएर नेपाल पराजित भएको छ । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ६१ बलमा ५१ रन बनाएर खेलमा अर्धशतक पुरयाए । दीपेन्द्र ऐरीले ३३, आरिफ शेखले २१ र कप्तान पारस खड्काले १२ रन बनाएका थिए ।े दोहोरो अंकमा अन्य खेलाडीले रन जोड्न नसकेपछि नेपाल ४१.४ ओभरमा सबै विकेट गुमाउँदा १ सय ३४ रनमा पराजित बनेको हो । बलिङमा उच्च प्रदर्शन गरेका कप्तान पारस खड्का १२ रनमा आउट भएपछि नेपालको ब्याटिङ लाइन धर्मराएको थियो । पारस १९ औं र त्यसलगत्तै ज्ञानेन्द्र २० ओभरमा आउट भएपछि त्यसपछि नेपाल सम्हालिन सकेन । ६१ बल खेलेका ज्ञानेन्द्रले ८ चौकाका साथ ५१ रन बनाए भने अनिलले ३२ बल खेल्दै ३ चौका प्रहार गरेका थिए । २१ बल खेलेका पारसले १ चौका तथा ४८ बल खेलेका दीपेन्द्रले २ चौका प्रहार गरेका हुन । त्यसपछि दोहोरो अंकमा नेपालका कुनै पनि ब्याट्सम्यानले रन बनाउन सकेनन । शक्ति गौचनले ९, शरद भेषावकरले ४ र सन्दीप लामिछानेले १ रन बनाए । आरिफ शेख, सोमपाल कामी, बसन्त रेग्मी, करण केसीले रनको खाता पनि खोल्न सकेनन् । फिल्डिङ गर्ने क्रममा औलामा चोट लागेपछि शरद १० औं नम्बरमा मात्र ब्याटिङ गर्न आर्लेका थिए । घरेलु टोलीका पिटर सिलारले ३, मिचेल रिपोनले २ र फ्रेड क्लासेनले १ विकेट लिएका थिए । त्यसअघि भिएआर मैदान एम्सटरड्याम टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड ४७. ४ ओभरमा सबै विकेछ गुमाएर १ सय ८९ रन बनाएको थियो । नेदरल्यान्डका लागि मिकेल रिप्पनले ५१ रनको अर्धशतीय इनिङ्स खेले । बास डि लिडेले ३० रन जोडे । स्टिफिन माईवर्घ २९ रनमा आउट भए । बेन कुपर २०, स्कट इडवाड्र्स १८ रनमा आउट भए । यस्तै विस्ले बारेसी १२ र फ्रेड कालासन ११ रनमा आउट भए । नेपालका लागि पारसले ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले २६ रन खर्चेका थिए । सोमपालले ३ विकेट, सन्दीप लामिछाने, बसन्त र करणले समान १ विकेट लिए । नेपाल र नेदरल्यान्ड्बीचको दोस्रो एक दिवसिय शुक्रबार हुनेछ ।

प्रतिकृया दिनुहोस
SITENAME

तेस्रो सहिद स्मृति फुटबल प्रतियोगिता चन्द्रपुर अस्पताल बिजयी

रौतहट २७ असोज । अखिल नेपाल मजदुर संघ रौतहटद्वारा आयोजित तेस्रो शहिद स्मृति नकआउट फुटबल प्रतियोगिताको बिजयी चन्द्रपुर अस्पताल बनेको छ । जिल्ला फुटवल

SITENAME

राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि पौडेल बनिन मुन ड्रप्स वेभरेजको ब्राण्ड एम्बास्डर

रौतहट १५ स्राबण । मुन ड्रप्स वेभरेज कम्पनी प्राईभेट लिमिटेडले आज राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि कुमारी पौडेल लाई ब्राण्ड एम्बास्डरमा नियुक्त

SITENAME

भुटानमा हुने साफ यू–१५ महिला च्याम्पियनसिपका लागि रुौतहटका सात खेलाडी

रौतहट १५ स्राबण । राष्ट्रिय यू–१५ महिला फुटबल टिममा रौतहटका सात जना खेलाडी छनौट भएका छन । भुटानको थिम्पुमा हुने यू–१५ महिला फुटबल प्रतियोगिताको