ताजा खबर

तेजाब आक्रमण गर्ने एक जना पक्राउ

SITENAME

रौतहट १ असोज । दुई किसोरी लाई तेजाब आक्रमण गर्ने एक युबक आज पक्राउ परेका छन । एसिड आक्रमण बाट घाईते भई उपचार गराईरहेका दुई किसोरीको कुरुवा बसेका उनकै एक छिमेकी पक्राउ परेका छन । गत भदौ २६ गते राती १२ बजे घरमै सुतिरहेकी जादोलाल दासको १८ बर्षिय छोरी सम्झना दास र १५ बर्षिय छोरीसुस्मिता दास लाई एसीड प्रहार गरेको आरोपमा प्रहरीले उनीहरुको कुरुवा बसेका छिमेकी रामबाबु पासवान लाई प्रहरीले पक्राउ गरेको छ । पासवान लाई प्रहरीले किर्तिपुर अस्पताल बाटनै पक्राउ गरेको छ । घटनाको एक सातामा पासवान पक्राउ परेका हुन । काठमाण्डौमा पक्राउ परेका पासवान लाई आजै रौतहट ल्याईदैछ । एसिड आक्रमण बाट घाईते दुबै दिदी बहिनीको स्वास्थ्य सुधार हुदै गएको छ । स्थानीयले उनीहरुको उपचारको लागि चन्दा संकलन गरेर रकम उपलब्ध गराउदै आएका छन । यसैबीच नेपाल तरुणदल चन्द्रपुरले तेजाव आक्रमणमा घाइते भई उपचार गराईरहेका दुइ किशोरीको सरकारले निशुल्क उपचार गर्नु पर्ने माग राखेको छ । ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा तरुणदल चन्द्रपुरले को व्यवस्थागर्न माग गरेको छ । ज्ञापन पत्र बुझाउदै घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न सरकार संग माग गरेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

आर्थीक बर्ष सकिएको ६ महिनामा पनि पाच तहले नगरसभा गरेनन

रौतहट २ पौष । रौतहटका पाँच स्थानीय तहले दोस्रो नगर सभा गर्न सकेका छैनन । नगरसभा गरेका स्थानीय तहले भने बिकासको गति दिन सकेका छैनन । जनप्रतिनिधिहरुमा

SITENAME

प्रदेश २ मा नेकपाको प्रदेश कमिटीको सपथ ग्रहण

  प्रदेश २ मा नेकपाका प्रदेश सदस्यहरुको सपथ ग्रहण  मंसिर २७, रौतहट । नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले पछिल्लो समय प्रदेश दुई

SITENAME

गत आर्थीक बर्षमा चन्द्रपुर नगरपालिकाको अधिकास योजनामा अनियमिता

रौतहट २४ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकाका अधिकास योजनामा अनियमितता भएको छानबिन समितिको प्रतिबेदनले औल्याएको छ । सफा र सभ्य चन्द्रपुर हाम्रो