ताजा खबर

बिन्दाबासिनी साकोसको साधारण सभा सपन्न

SITENAME


रौतहट ३ असाढ । रौतहटको चन्द्रपुरमा रहेको बिन्दबासिनी बचत तथा ऋण सहकारी संस्थाले आज आठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । चन्द्रपुर–६ मा रहेको जनज्योती बहुमुखी क्याम्पसको प्राङ्गणमा सो संस्थाले बार्षिक साधारण सम्पन्न गरेको हो । ९३० जना शेयर सदस्य रहेको सो संस्थाको शेयर पुजी ९५ लाख ३४ हजार नौ सय रहेको छ । संस्थाको कुल कारोबार ४ करोड ९० लाख ५० हजार २५५ रुपैया बाट ६ करोड २१ लाख ६६ हजार ४४८ रुपैया पुगेको जनाएको छ । संस्थाको कुल नाफा १३ लाख ९८ हजार ८४० रुपैया रहेको छ । सो सभामा आगामी बर्ष शेयर  सदस्य १ हजार २ सय भन्दा बढि पुरयाउने र शेयर पुजी १ करोड १० लाख पुरयाउने लक्ष्य लिएको छ । यस बर्ष शेयर सदस्य लाई १३ दशमलब ८० प्रतिशत लाभांस बितरण गरिएको संस्थाले जनाएको छ । सो साधारण सभामा अध्यक्ष शिब कोईराला, सचिब भरतप्रसाद आचार्य, कोषाध्यक्ष शारदा पहाडी, लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक ऋषिराम काफलेले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले सो सभाको उदघाटन  गर्नु हुदै संस्थाको प्रतिबेदनले आफु सन्तुष्ट रहेको बताउनु भयो । उहाले सहकारी संस्था संग नगरपालिका मिलेर सम्बृद्ध नगर बनाउन सहकार्य गरेर अभि बढन समेत तयार रहेको बताउनु भयो । यस्तै अर्का बिशिष्ट अतिथी खडक बहादुर बम्जनले सहकारीको सुरक्षाको लागि स्थानीय सरकार र प्रहरी प्रशासन बाट सहयोगको आबश्यकता रहेको बताउनु भयो । अर्का अतिथि बिभु पोखरेलले सहकारीले कार्यक्रम गर्दा शेयर सदस्य लक्षित हुनुपर्नेमा जोड दिनु भयो । सो सभाको अध्यक्षता शिब कोईरालाले गर्नु भएको थियो भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष गोबिन्द कोईरालाले गर्नु भएको थियो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी द्धारा बरामद घरेलु मदिरा नष्ट

रौतहट ४ पौष । रौतहट प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा आज नष्ट गरेको छ । रौतहटको चन्द्रपुर नगरक्षेत्र बाट उत्पादन गरिएको घरेलु मदिरा ब्यबसायिक

SITENAME

स्थानीय तहका कर्मचारी आन्दोलित, सेबाग्रही मर्कामा

रौतहट ३ पौष । रौतहटको चन्द्रपुर नगरपालिकाका कर्मचारीले आज काम काज ठप्प पारेका छन । सरकार द्धारा जारी कर्मचारी समायोजन अध्यादेशले असमान ब्यबहार गरेको

SITENAME

चन्द्रोदय द्धारा रक्तदानको आयोजना

रौतहट २ पौष । रौतहटको चन्द्रनिगाहपुरमा आज रक्तदान भएको छ । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । सो