ताजा खबर

संकल्प बचत तथा ऋण सहकारी संस्थाको दशौ बार्षिक साधरण सभा सम्पन्न 

SITENAME

अस्मिता आले मगर
असोज ६, रौतहट । संकल्प बचत तथा ऋण सहकारी संस्थाको दशौ बार्षिक साधरण सभा शनिवार सम्पन्न भएको छ । जनज्योति वहुमुखी क्याम्पसमा भएको साधरण सभाको उद्घाटन चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले गर्नुभएको हो । उतm कार्यक्रममा नगर प्रमुख चौधरीले सहकारी संस्थाले गरेको कार्यको प्रशंसा गर्दै समाजिक कार्यमा संस्थाले गरेको योगदानको चर्चा गर्नुभयो । नगरलाई नै आर्थिक समृद्ध बनाउन वितिय संस्थाको आवश्यतmा पर्ने बताउदै सहकार्य र सहयोगी भुमिका निर्वाह गर्ने उहाँले आग्रह गर्नुभयो । नगरभित्रका अधिंकाश नागरिक सहकारी लगायतका वितिय संस्थामा आवद्ध भएको उल्लेख गर्दै गरिवी न्युनिकरणमा यस्ता संस्थाको महत्वपुर्ण भुमिका रहने औल्याउनुभयो ।

सेवाग्राहिलाई सहज र सरल तरिकाले सेवा दिन उहाँले सुझाव दिनुभयो । कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष खड्ग बम्जनले सहकारीले बचत तथा ऋण मात्र नभई रतmदान, सरसफाई, फलफुल बितरण लगायतका समाजिक कार्य गरेको बताउनुभयो । कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष खड्ग कुश्वार, ९ का वडा अध्यक्ष गोविन्द दुलाल तथा एकिकृत सहकारी संस्थाका अध्यक्ष ठाकुर प्रसाद उपाध्याय, सफल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकी नेपाल लगायत सहकारी संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कोषाध्यक्ष वलराम प्रसाद गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ७२ लाख ८६ हजार ३ रुपैया कुल नाफा भएका र  जसमध्ये ५७ लाख ६६ हजार ८८ रुपैया खुद नाफा रहेको उल्लेख गर्नुभयो । संस्थाको चुतmापुजी २ करोड ४१ लाख ४९ हजार २ सय रहेको र जगेडा कोषमा ९८ लाख ४१ हजार, ५ सय ७० रहेको जनाईएको छ । लेखा सुपरिवेक्षक नारायण कार्कीले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उतm कार्यक्रममा उत्कृष्ट उत्प्रेरक पुरस्कार अनिल कोईराला, साकोस पुरस्कार नेत्रहरि पौडेल, असल सहकारी अभियानता महेन्द्र चौलागाई, समाज सेवा पुरस्कार हरिकृष्ण काफ्ले, जेष्ठ सदस्य पुरुष सम्मान रामानन्द काफ्ले, जेष्ठ महिला सदस्य सम्मान रोहिणी देवी उपाध्यायलाई सम्मान गरीएको छ ।

यस्तै असल कारोबारी सलदस्य महिलामा शारदा तिमल्सिना फुयाँल, तथा पुरुषमा चुडानाथ न्यौपाने छन् भने उत्कृष्ट सदस्यमा महिला भवानी कुमारी चिमरीया तथा पुरुषमा राज किशोर गुप्ता रहेका छन् । यसैगरी उत्कृष्ट सेवा पुस्कार संस्थाकी लेखा सहायक तथा गुञ्जन एफएमका कार्यक्रम प्रस्तोता अमृता आले मगरले प्राप्त गरीन् । संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विभु पोखरेलको अध्यक्षतामासम्पन्न भएको कार्यक्रमको संचालन चिरन्जीवी गौतमले गर्नुभएको हो ।


 

प्रतिकृया दिनुहोस
SITENAME

स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानको नया कार्यसमिति चयन

रौतहट १ कार्तिक । स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानले आज नया कार्यसमिति चयन गरेको छ । बिजया दशमी, दिपाबली र छठ पर्बको उपलक्ष्यमा आज

SITENAME

श्री कृष्ण प्रणामी धर्मालम्बीद्धारा पशु बलिरिुद्ध सचेतना कार्यक्रम आयोजना

असोज ३०, रौतहट । श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला समिती  रौतहटको  आयोजनामा चन्द्रपुरमा पशु बलिरिुद्ध मौन ¥याली निकालिएको छ। मंगलबार श्री

SITENAME

नेपाल प्रेश युनियन रौतहटको अधिबेशन सम्पन्न

रौतहट २७ असोज । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वाचित हुनुभएको छ । चन्द्रपुर– २ स्थित शहिद पार्कमा भएको पाँचौ अधिवेशन बाट