ताजा खबर

नेपाल बैङ्क लिमिटेडले ल्यायो निशुल्क भिसा डेबिट कार्ड अफर

SITENAME

असोज १९ । नेपाल बैङ्क लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा ग्राहकलाई निशुल्क भिसा डेबिट कार्ड  वितरण गर्ने भएको छ । आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले चिप बेष्ड भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । सोमवारदेखि सञ्चालनमा ल्याइएको यो कार्ड बैङ्कको ८२औ वार्षिकोत्सव आगामी कात्तिक ३० गतेसम्म ग्राहकलाई निःशुल्क जारी गरिने बताइएको छ ।

यसअघि बैङ्कले एससीटी कार्ड सञ्चालनमा ल्याएकोमा हाल उक्त कार्डलाई प्रतिस्थापन गरी ल्याइएको यो कार्डमा एटीएम आउटलेट र प्वाइण्ट अफ सेल्स (पीओएस) मेशिनबाट भुक्तानी लिन र दिन सकिने थप विशेषता रहेका छन् ।

नेपाल बैङ्क लिमिटेड चन्द्रनिगाहपुरका शाखा प्रबन्धक किसन कुमार केशरीले सुचना र प्रविधिको तिव्र विकास भईरहेको वर्तमान समयमा, ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै चिप बेष्ड भिसा डेबिट कार्ड सञ्चालनमा ल्याईएको बताउनुभयो ।

यस कार्डको मदतले नेपाल र भारतका जुनसुकै बैङ्कबाट पनि नगद कारोबार गर्न मिल्ने शाखा प्रबन्धक किसन केशरीले जानकारी दिनुभयो । बैङ्कको वार्षिकोत्सवको अवसरमा कात्तिक ३० गतेसम्म ग्राहकलाई निःशुल्क जारी गरिने भएको हुँदा चन्द्रनिगाहपुर आसपासका सेवाग्राही पनि लाभान्वित हुने उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस
SITENAME

आर्थीक बर्ष सकिएको ६ महिनामा पनि पाच तहले नगरसभा गरेनन

रौतहट २ पौष । रौतहटका पाँच स्थानीय तहले दोस्रो नगर सभा गर्न सकेका छैनन । नगरसभा गरेका स्थानीय तहले भने बिकासको गति दिन सकेका छैनन । जनप्रतिनिधिहरुमा

SITENAME

प्रदेश २ मा नेकपाको प्रदेश कमिटीको सपथ ग्रहण

  प्रदेश २ मा नेकपाका प्रदेश सदस्यहरुको सपथ ग्रहण  मंसिर २७, रौतहट । नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले पछिल्लो समय प्रदेश दुई

SITENAME

गत आर्थीक बर्षमा चन्द्रपुर नगरपालिकाको अधिकास योजनामा अनियमिता

रौतहट २४ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकाका अधिकास योजनामा अनियमितता भएको छानबिन समितिको प्रतिबेदनले औल्याएको छ । सफा र सभ्य चन्द्रपुर हाम्रो