ताजा खबर

श्रीकृष्ण महिला कृषि सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न 

SITENAME

असोज २०, रौतहट । रौतहटको चन्द्रपुर–९ मा रहेको श्रीकृष्ण महिला कृषि सहकारी संस्था लिमिटेडले शनीबार १३ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष अम्बिका अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सभाको चन्द्रपुर नगरपालिकाका प्रमुख एबम सो सभाका प्रमुख अतिथि रामचन्द्र चौधरीले उदघाटन गर्नु भएको थियो ।

 सो सभामा अध्यक्ष अम्बिका अधिकारीले आगामी बर्ष संस्थाको शेयर सदस्यको बिस्तार गरिने बताउनु भयो । उहाले संस्थाको भौतिक पुर्बाधार, बीउ उत्पादनमा बृध्दि, कार्यालय सहायक नियुक्ती, शेयर सदस्य लाई मलखाद सहुलियत दरमा बिक्री गर्ने, सदस्यहरु लाई बिमा सम्बन्धि तालिम दिने लगायतको योजना रहेको जानकारी दिनु भयो । यसै गरी ब्यबस्थापक जसोदा कुमारीले संस्थाको प्रगती बिबरण पेश गर्नु भएको थियो । 

उहाले ०६३ सालमा ४४ जनाको शेयर बाट स्थापना भएको संस्थामा यतिखेर १ सय १४ जना शेयर सदस्य रहेको जानकारी दिनु भयो । उहाले संस्थाको शेयर पुजी १ करोड ३७ लाख ८ सय रहेको जानकारी दिनु भयो । सो संस्थाको उदघाटन गर्नु हुदै प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले महिलाहरु मात्रै रहेको संस्थाले आफनो उत्पादन लाई गुणस्तरीय कायम गर्न सकेको भन्दै प्रशंसा गर्नु भएको छ ।

 संस्थाको सभामा चन्द्रपुर नगरपालिका वडानम्बर ९ का अध्यक्ष गोबिन्द दुलाल, नगरपालिकाका सामाजिक फाँटका अधिकृत पदम तिमल्सिना, ध्रब कोईराला, दाता प्रसाद दाहाल, जबाहर चौधरी, भरत कोईराला, छबिलाल तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो । सो सभामा जेष्ठ सदस्य सीता कोईराला, १ सय १५ शेयर खरिद गर्ने सदस्य तुलसा ढोडारी लाई सम्मान गरिएको थियो भने गुणस्तरीय बीउ उत्पादन गर्ने शेयर सदस्य मध्ये प्रथाम हुने सत्यरुपा कोईराला, दोस्रो हुने गोमा सापकोटा र तेस्रो हुने बेदमाया तिमल्सिना लाई पुरस्कृत गरिएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानको नया कार्यसमिति चयन

रौतहट १ कार्तिक । स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानले आज नया कार्यसमिति चयन गरेको छ । बिजया दशमी, दिपाबली र छठ पर्बको उपलक्ष्यमा आज

SITENAME

श्री कृष्ण प्रणामी धर्मालम्बीद्धारा पशु बलिरिुद्ध सचेतना कार्यक्रम आयोजना

असोज ३०, रौतहट । श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला समिती  रौतहटको  आयोजनामा चन्द्रपुरमा पशु बलिरिुद्ध मौन ¥याली निकालिएको छ। मंगलबार श्री

SITENAME

नेपाल प्रेश युनियन रौतहटको अधिबेशन सम्पन्न

रौतहट २७ असोज । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वाचित हुनुभएको छ । चन्द्रपुर– २ स्थित शहिद पार्कमा भएको पाँचौ अधिवेशन बाट