ताजा खबर

शेयर सदस्य लाई दशै उपहार

SITENAME

रौतहट २३ असोज । रौतहटको चन्द्रपुर– ९ स्थित सिन्धुरेघारीमा रहेको जय किसान दुग्ध उत्पादक सहकारी संस्थाले आफना शेयर सदस्य लाई दशै उपहार बितरण गरेको छ । शेयर सदस्यको जीबन यापनमा सहज होस भन्नको लागि सहकारीले दशैको निम्ति मसला सहितको उपहार बितरण गरेको हो । सहकारीमा आबद्ध ५ सय ६६ जना शेयर सदस्य लाई दशै उपहार बितरण गरिएको जनाइएको छ । बाल्टीन बचतको रकम समेत शेयर सदस्य लाई सो सहकारीले सोमबार मङ्गलबार बितरण गरेको छ । सो बितरण कार्यक्रममा बोल्नु हुदै चन्द्रपुर नगर सहकारी सञ्जालका सचिब संजय कार्कीले आफना शेयर सदस्यहरु लाई आर्थीक भार कम हुने गरी ल्याइएको कार्यक्रम प्रभाबकारी रहेको बताउनु भयो । शेयर सदस्य मुखी यस्ता कार्यक्रम अन्य सहकारी संस्था लाई सिकाई हुने उहाले बतउनु भयो । यस्तै अर्का बक्ता महेन्द्र चौलागाईले सबै लाई समान ब्यबहार र थोर थोरै पुजी जम्मा गरेर आफना सदस्यको हितमा प्रयोग हुने भएकाले सहकारीको आबश्यक्ता भएको बताउनु भयो । यस्तै खडक बहादुर कार्की, केदार बहादुर थापा, दामोदर दुलाल र छबीलाल तिमल्सिनाले सो कार्यक्रमको प्रशंसा गर्नु भयो । दशै उपहार बितरण कार्यक्रममा चन्द्रपुर नगर सहकारी सञ्जालका सचिब संजय कार्कीले ज्येष्ठ शेयर सदस्यद्धय गंगा प्रसाद ढुङ्गेल र कृष्ण प्रसाद सत्याल लाई उपहार प्रदान गर्दै कार्यक्रमको उदघाटन गर्नु भएको थियो । कार्यक्रमको संचालन कृष्ण हुमागाईले गर्नु भएको थियो भने स्वागत मन्तब्य अच्युत हुमागाईले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रकाश चौलागाईले गर्नु भएको थियो । कार्यक्रम समापन गर्दै अध्यक्ष चौलागाईले शेयर सदस्य लाई लाभ हुने खालका कार्यक्रम ल्याउदै जाने नीति संचालक समितिले लिएको बताउनु भयो । फरक अबस्थामा जीबन उपयोगी हुने कार्यक्रम ल्याईने संचालक समितिले लक्ष्य राखेको अध्यक्ष चौलागाईले बताउनु भयो । 


 

प्रतिकृया दिनुहोस
SITENAME

स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानको नया कार्यसमिति चयन

रौतहट १ कार्तिक । स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानले आज नया कार्यसमिति चयन गरेको छ । बिजया दशमी, दिपाबली र छठ पर्बको उपलक्ष्यमा आज

SITENAME

श्री कृष्ण प्रणामी धर्मालम्बीद्धारा पशु बलिरिुद्ध सचेतना कार्यक्रम आयोजना

असोज ३०, रौतहट । श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला समिती  रौतहटको  आयोजनामा चन्द्रपुरमा पशु बलिरिुद्ध मौन ¥याली निकालिएको छ। मंगलबार श्री

SITENAME

नेपाल प्रेश युनियन रौतहटको अधिबेशन सम्पन्न

रौतहट २७ असोज । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वाचित हुनुभएको छ । चन्द्रपुर– २ स्थित शहिद पार्कमा भएको पाँचौ अधिवेशन बाट