ताजा खबर

सहकारी मार्फत खसी बोकाको बजारिकरण

SITENAME

रौतहट २४ असोज । रौतहटको चन्द्रपुर– २ रैयाटोलमा चाडपर्वको अवसरमा सहकारी मार्फत खसीवोका बजारिकरण कार्यक्रम सम्पन्न भएको छ । हेफर ईन्टनेशनलको आर्थिक सहयोगमा सोडेक नेपाल रौतहटको आयोजनामा संञ्चालित पशु बस्तु मुल्य श्रृखला आधारित साना किसानहरुको समस्या सवलिकरण परियोजना अन्तर्गत खसी बोकाको बजारिकरण कार्यक्रम भएको हो । सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडले सो कार्यक्रम अन्तर्गत दैनिक खसीवोका बजारिकरण गर्दै आएको छ् । हेफर ईन्टनेशनल नेपालको ईटहरी कार्यालयका क्षेत्रिय परियोजना प्रवन्धक दिपेश पोखरेल, क्षेत्रिय बजार प्रवन्धक उमाशंकर यादव, कार्यक्रम अधिकृतहरु मिथलेश कुमार झा, ऋषिराम पौडेलहरुको उपस्थितीमा बजारिकरण कार्यक्रमको शुरुवात गरिएको हो । सो कार्यक्रममा सहकारी संस्थाका शेयर सदस्यहरु तथा अन्य स्थानीयले उत्पादन गरेका खसी ४७ वटा र वोका १७ वटा गरी जम्मा ६४ वटा विहानको समयमा विक्रि भएको थियो । स्थानीयहरुले आफुले उत्पादन गरेको  खसीवोका आफनै गाँउमा रहेको महिला सहकारी मार्फत बिक्रि गर्न पाएकोमा खुसी खुशी ब्यक्त गरेका छन । ६४ वटा खसि वोका विक्रि गर्दा ७ लाख ७० हजार ६ सय ६५ को विक्रि हुदा सहकारी संस्थालाई ३ हजार ३ सय ६० रुपैया आम्दानी भएको हेफर ईन्टनेशनलका निर्मला सुवेदीले जानकारी दिनुभयो । करिव १ सय ७६ जनाको सो बजारीकरणमा सहभागिता रहेको थियो । बजारीकरणमा हरिवन, बाग्मति, निजगढ तथा स्थानीय व्यपार्रीको उपस्थिती रहेको सहकारी संस्थाका अध्यक्ष तुलसी माया राईले बताउनु भयो । 

प्रतिकृया दिनुहोस
SITENAME

स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानको नया कार्यसमिति चयन

रौतहट १ कार्तिक । स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानले आज नया कार्यसमिति चयन गरेको छ । बिजया दशमी, दिपाबली र छठ पर्बको उपलक्ष्यमा आज

SITENAME

श्री कृष्ण प्रणामी धर्मालम्बीद्धारा पशु बलिरिुद्ध सचेतना कार्यक्रम आयोजना

असोज ३०, रौतहट । श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला समिती  रौतहटको  आयोजनामा चन्द्रपुरमा पशु बलिरिुद्ध मौन ¥याली निकालिएको छ। मंगलबार श्री

SITENAME

नेपाल प्रेश युनियन रौतहटको अधिबेशन सम्पन्न

रौतहट २७ असोज । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वाचित हुनुभएको छ । चन्द्रपुर– २ स्थित शहिद पार्कमा भएको पाँचौ अधिवेशन बाट