ताजा खबर

चन्द्रपुरका बैकहरुद्धारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना  

SITENAME

असोज २५, रौतहट । 
 चन्द्रपुर नगरपालिका भित्रका बैकहरुले संयुक्त रुपमा दशैँ तिहारको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका छन् । नेपालीहरुको महान चाड विजया दशमी र शुभ दिपावलीको अवसरमा  बैंकर भेला कार्यक्रम आयोजना गरी चन्द्रपुरका बैंकरले शुभकामना आदान प्रदान गरेका हुन्  ।  चन्द्रनिगाहपुरको पशुपति बाम्बो कटेजको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा चन्द्रपुरका विभिन्न बैंकका प्रतिनिधिहरुले सम्पुर्ण चन्द्रपुर नगर वासी र देश वासीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।  

नेपाल बैंक लि. चपुर का शाखा प्रबन्धक किशन कुमार केशरीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा चन्द्रपुरका १६ वटै बैंकका कर्मचारीहरुको उपस्थिती थियो ।  कार्यक्रमबारे गुञ्जन एफएमलाइृ जानकारी गराउदै शाखा प्रबन्धक किशन केशरीले बैंकहरुबिच सौहादपुर्ण वातावरण निर्माण गर्न तथा नेपालीहरुको महान चाडको सम्पुर्णमा शुभकामना आदान प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रबन्धक केशरीले यो महान चाडलाई सभ्य र भव्य रुपमा आ आप्नो गच्छ अनुसार हर्षेउल्लासका साथ मनाउनुपर्ने बताउनुभयो ।

अरुको देखासेखी गरी फजुल खर्च गर्ने परिपाटिले भावि दिनमा निकै पछुताउनुपर्ने अवस्थाको सिर्जना हुन सक्ने तर्फ औल्याउदै यसतर्फ सजग भई सभ्य रुपमा दर्शै तिहार र छठ पर्व मनाउन पनि उहाँले आग्रह गर्नुभयो । साथै उहाँले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरुले निरन्तरता पाउने पनि  जानकारी दिनुभयो । हाल चन्द्रपुरमा   १२ वटा वाणिज्य बैंक र ४ वटा विकास बैंक गरी  १६ वटा बैंकहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानको नया कार्यसमिति चयन

रौतहट १ कार्तिक । स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानले आज नया कार्यसमिति चयन गरेको छ । बिजया दशमी, दिपाबली र छठ पर्बको उपलक्ष्यमा आज

SITENAME

श्री कृष्ण प्रणामी धर्मालम्बीद्धारा पशु बलिरिुद्ध सचेतना कार्यक्रम आयोजना

असोज ३०, रौतहट । श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला समिती  रौतहटको  आयोजनामा चन्द्रपुरमा पशु बलिरिुद्ध मौन ¥याली निकालिएको छ। मंगलबार श्री

SITENAME

नेपाल प्रेश युनियन रौतहटको अधिबेशन सम्पन्न

रौतहट २७ असोज । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वाचित हुनुभएको छ । चन्द्रपुर– २ स्थित शहिद पार्कमा भएको पाँचौ अधिवेशन बाट