ताजा खबर

तेस्रो सहिद स्मृति फुटबल प्रतियोगिता चन्द्रपुर अस्पताल बिजयी

SITENAME

रौतहट २७ असोज । अखिल नेपाल मजदुर संघ रौतहटद्वारा आयोजित तेस्रो शहिद स्मृति नकआउट फुटबल प्रतियोगिताको बिजयी चन्द्रपुर अस्पताल बनेको छ । जिल्ला फुटवल संघको समन्वयमा एक साता देखि बिभिन्न पेशागत संस्था बीच फुटबल प्रतिस्पर्धा गराइएको हो । हिजो भएको फाईनल खेलमा चन्द्रपुर अस्पतालले रौतहट प्याब्सन लाई १ का बिरुद्ध ४ गोलले पराजित गर्दै फाईनलको उपाधी चुमेको हो । यससंगै प्रथम हुने चन्द्रपुर अस्पतालले शिल्ड तथा  २० हजार नगद  प्राप्त गरेको छ भने दोस्रो हुने रौतहट प्याब्सनले सिल्ड र दश हजार नगद प्राप्त गरेको छ । प्रथम भएपछि पाएको पुरस्कार रकम भने अस्पतालले गरीव तथा बिपन्न बर्गका बिरामीको उपचारमा सहयोग गर्ने अस्पतालका प्रमुख डा. सुभास चौधरीले जानकारी दिनु भयो । चन्द्रनिगाहपुर स्थित स्वर्गीय शेर बहादुर दर्लामी खेल मैदानमा भएको प्रतियोगिताको समापन सत्रका प्रमुख अतिथी नेकपामा युवा नेता तथा केन्द्रिय सदस्य युवराज भट्टराईले फुटबल क्षेत्रको बिकासका लागि सबै तह र तप्का बाट सहयोग हुनुपर्ने बताउनु भयो । प्रतियोगितामा सरकारी कर्मचारी, बिधुत प्राधिकरणका कर्मचारी, पत्रकार, व्यापारी, फुटवल संघ, हातेमालो सामुदायिक बन, प्याप्सन रौतहटका पदाधिकारीहरु सहभागी भएको अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष बिनोद दुलालले जानकारी दिएका छन ।


 

प्रतिकृया दिनुहोस
SITENAME

मुनलाईट एकेडेमी द्धारा सप्ताहब्यापी खेल प्रतियोगिता

रौतहट ९ माघ । रौतहटको चन्द्रपुर–५ मा रहेको मुनलाईट एकेडेमीले आज देखि सप्ताह ब्यापी खेलकुद कार्यक्रम गर्दैछ । नया शैक्षिक सत्रको बार्षिक क्यालेण्डर

SITENAME

नेपाल वान डे ‘डेब्यू’ खेलमा ५५ रनले पराजित

काठमाण्ठौ १७ स्राबण । अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा नेदरल्यान्ड संग नेपाल पराजित भएकोे छ । १९० रनको लक्ष्य पछ्याएको नेपाल ५५ रनले पराजित

SITENAME

राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि पौडेल बनिन मुन ड्रप्स वेभरेजको ब्राण्ड एम्बास्डर

रौतहट १५ स्राबण । मुन ड्रप्स वेभरेज कम्पनी प्राईभेट लिमिटेडले आज राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि कुमारी पौडेल लाई ब्राण्ड एम्बास्डरमा नियुक्त